14th December | 2018 | Friday | 1:10:13 AM

पवन ‘मिस्टर वसियन’ मा जाने

  POSTED ON : Monday, 13 November, 2017 (5:55:35 PM)

पवन ‘मिस्टर वसियन’ मा जाने

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस्टर वसियन २०१७’ मा नेपालको प्रतिनिधित्व विवेक खड्काले गर्न भएका छन् । ‘मिस्टर वसियन’ पनि विश्वकै चर्चित पुरुष सौन्दर्य प्रतियोगिता मध्येमा पर्छ । यही १५ देखि २६ नोभेम्बरमा ताइवानको ताइबेइमा आयोजना हुने प्रतियोगितामा ७० देशका युवाहरूको सहभागिता रहनेछ । ६.१ हाइट भएका २० वर्षीय खड्का अन्य प्रतिस्पर्धिका लागि बलियो चुनौतीको रूपमा प्रस्तुत हुने व्यवस्थापन जिम्मा लिएको नेक्स्ट मोडल नेपालका प्रमुख रवि धवलाले बताए । 

नेपाली कला संस्कृति झल्कने विभिन्न भेषभूषाका साथ नेपाललाई सगरमाथा र बुद्धको देश भनेर चिनाउन आफ्नो सहभागिता अर्थ पूर्ण रहेको विवेकले बताए । विवेक गत वर्षका मोडल हन्ट नेपालका विजेता हुन् । यस अगाडि मोडल हन्ट नेपालकी प्रतियोगी सिम्रन खड्काले एक अन्तर्राष्ट्रिय उपाधि नेपाल भिœयाउन सफल भएकी थिइन् ।


Views: 72