Date:2017/11/23 |Thursday

‘फुर्के’को फष्टलुक सार्वजनिक

Posted on: November 14, 2017 | views: 93 |

काठमाडौं । आउँदो माघ १२ बाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘फुर्के’ को फष्टलुक सार्वजनिक गरिएको छ । चलचित्रका प्रस्तुतकर्ता एम.बि राउतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको फष्टलुकमा तीन कलाकारलाई देखाइएको छ । तीमध्ये दुईले हातमा कुखुराको भाले लिएका छन् । फष्टलुकअनुसार चलचित्रमा कमेडी शैलीको कथा रहेको अुनमान लगाउन सकिन्छ । चलचित्रको पोष्टर कमल श्रेष्ठले तयार पारेका हुन् । 

भद्र भुजेल निर्देशित यो चलचित्रमा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उत्तम केसी, सिद्धान्तलगायतको अभिनय रहेको छ । देवेन्द्र खड्का र मानबहादुर राउत निर्माता रहेको चलचित्रको सह–निर्माता कल्पना मरहठ्ठा शाही, प्रकाश बस्नेत र आशिस रहेका छन् । चलचित्रका कार्यकारी निर्माता बखत विष्ट हुन् ।

नवीन पन्तको लेखन, विष्णु बरालको छायांकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेको चलचित्र छ । चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्ने जिम्मा लिएका छन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं