Date:2017/11/23 |Thursday

‘हृयाप्पी डेज’ लण्डन प्रिमियर

Posted on: November 15, 2017 | views: 25 |

काठमाडौं । चलचित्र ‘हृयाप्पी डेज’ को लण्डन प्रिमियर सम्पन्न भएको छ । दयाहाङ राई, प्रियंका कार्की र संजय गुप्ता मुख्य भूमिकामा रहेको यो चलचित्रको युकेको प्रिन्सेस हलमा भव्य प्रिमियर गरिएको हो । सो प्रिमियर शोमा नायिका प्रियंका कार्की आकर्षणको केन्द्रबिन्दु बनिन् । प्रियंकासहित निर्देशक मिलन चाम्स र नायक प्रदीप खड्का, नायिका दिया पुन लण्डन प्रिमियरमा सहभागी थिए ।

लण्डन प्रिमियरमा हृयाप्पी डेजलाई दर्शकले रुचाएको निर्मातासमेत रहेका चाम्सले बताए । झण्डै पाँच सय दर्शकले चलचित्र हेरेको निर्देशक तथा निर्माताको भनाइ छ । चलचित्र माघ १२ गतेबाट नेपालमा प्रदर्शन हुनेछ । नायिका प्रियंका कार्की दुई दिनअघि मात्रै त्रिभुवन विमानस्थलबाट लण्डन प्रस्थान गर्दै गर्दा आफूले चलचित्रका अन्य कलाकारहरूको पनि प्रतिनिधित्व गर्दै लण्डनमा जान लागेको बताएकी थिइन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं