Date:2017/11/23 |Thursday

‘शेरबहादुर’को आइटम गीत सार्वजनिक

Posted on: November 15, 2017 | views: 12 |

काठमाडौं । माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’को पहिलो आइटम गीत सार्वजनिक गरिएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमका बीच ‘कान्छी मट्याङ्ग ट्याङ्ग’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा नायिका मेनुका प्रधानले आइटम डान्स गरेकी छिन् भने उनलाई नायक कर्माले साथ दिएका छन् । 

गीतमा कोसिस क्षेत्रीको शब्द, संगीत र स्वर रहेको छ भने स्वरमा कोसिसलाई मिना निरौलाले साथ दिएकी छिन् । ‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रमा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको चलचित्रमा कोसिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ । 

कार्यक्रममा बोल्दै चलचित्रका निर्माता गौरीशंकर धुजुले ‘शेरबहादुर’ प्रधानमन्त्री शेरबहादुर देउवाको जीवनमा आधारित चलचित्र नभएको बताए । ‘यो चलचित्रको नाम मात्र शेरबहादुर हो । अहिलेका प्रधानमन्त्रीज्यूसँग मिल्ने चलचित्र होइन । चलचित्रमा सुनिल थापा शेरबहादुरको भूमिकामा हुनुहुन्छ’, निर्माता धुजुले भने । 

‘शेरबहादुर’ एक अवकाश प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह (निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।

चलचित्रको सार्वजनिक आइटम गीत केही समयअघि रिलिज भएको चलचित्र ‘लुट २’ मा समावेश ‘ठमेल बजार’ र ‘पर्व’ मा समावेश ‘काले दाइ’को फ्लेवरमा रहेको देखिन्छ । यो गीतको कोरियोग्राफी पनि यी दुई गीतको भिडियोबाट धेरै प्रभावित छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं