Date:2017/11/23 |Thursday

आफ्नै कारण चलचित्र छाडेँ

Posted on: November 15, 2017 | views: 64 |

काठमाडौं । केही समयअघि राजधानीको पाँचतारे होटलमा चलचित्र ‘लिलिबिली’ घोषणाका लागि मात्र महँगो बजेट लगाइयो । मिलन चाम्सले निर्देशन गर्ने भनिएको ‘लिलिबिली’ मा नायक प्रदीप खड्कासहित दुई नायिका रहने बताइएको थियो । साथै घोषणा कार्यक्रममै नायक प्रदीप र नायिकालाई बडिगार्डले सुरक्षा दिएको खबरले पनि मिडियामा खुबै चर्चा पाएको थियो । 

यसैबीच चलचित्रको बारेमा विभिन्न टिकाटिप्पणी चलिरहँदा नायिका रेविका गुरुङले आफू चलचित्रमा नरहने औपचारिक रूपमा जानकारी दिएकी छिन् । आफ्नो स्वास्थ्य र भिसाको कारणले आफूले नै चलचित्र छोड्ने निर्णय गरेको बताएकी छिन् । फेसबुकमा निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै नायिका रेबिका स्टाटसमार्फत बताएकी हुन् । 

उनको भनाइ यस्तो छ– ‘म भन्न चाहन्छु कि फिल्म ‘लिलिबिली’ प्रोजेक्ट छाड्नु मेरो आफ्नो डिसिजन हो । यो फिल्मबाट म बाहिरिएपछि धेरै अफवाहहरू चले, तीमध्ये सबै सत्य छैनन् । मेरा सबै सहकर्मीहरूले मेरो स्वास्थ्य अवस्था सामान्य होेस् भनेर प्रतिक्षा गर्नुभएको थियो र मेरो भिसा पनि अस्वीकृत हुनु एकै समयमा भयो । मेरो कारणले प्रोजेक्ट रोकिन सक्दैन, त्यसैले म आफंैले यो निर्णय लिएकी थिएँ ।’

चलचित्रबाट रेविका हट्ने भइसके पनि अब नायिका प्रियंका कार्की यो चलचित्रमा हुने बुझिएको छ । निर्देशक मिलन चाम्ससहित, नायिका प्रियंका कार्की र नायक प्रदीप खड्का अहिले लण्डनमा छन् । प्रदीप र मिलन पहिले नै गएको भए तापनि प्रियंका भने आइतबार हुने चलचित्र ‘हृयाप्पी डेज’ को प्रिमियरका लागि शुक्रबार लण्डन उडेकी हुन् । साढे २ करोडको अनुमानित बजेटमा बन्ने चलचित्रलाई गोविन्द खड्का र सुदीप शाहीले निर्माण गर्दैछन् । चलचित्रको सुटिङ कात्तिक ७ गतेबाट लण्डन र स्कटल्याण्डमा छायांकन हुने भनिए तापनि अझैसम्म सुरु हुन सकेको छैन ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं