Date:2017/12/14 |Thursday

पर्दा पछाडिका व्यस्त हिरो नवीन

Posted on: November 23, 2017 | views: 33 |

काठमाडौं । कुनै पनि चलचित्रमा मुख्य भूमिकामा रही अभिनय गर्ने कलाकारलाई त्यस चलचित्रको ‘हिरो’ भनेर चिनिन्छ । हिरोले चलचित्रको कथा अगाडि बढाइरहेको हुन्छ । गलत काम गर्नेलाई तह लगाउँदै राम्रो कार्य गर्दै अगाडि बढ्छ र सबै दर्शकको मन जित्छ । चलचित्रको पर्दामा देखिएर दर्शकको मन जितेर हिरो भएका कलाकार धेरै छन् । उनीहरूलाई दर्शकले देख्नेबित्तिकै सहजै चिन्छिन् । तर तिनै हिरोलाई पर्दासम्म ल्याउने काम अन्य थुप्रै हिरोहरूले गरेका हुन्छन् । अर्थात् चलचित्र फाइनल हुनुभन्दा अघि छायांकनमा खटिएका प्राविधिक, छायांकन सकिएलगत्तै सम्पादनमा खटिएका अन्य प्राविधिक । 

यस्तै चलचित्रको सम्पादनमा हिरोको रूपमा चिनिएका व्यस्त सम्पादक हुन् नवीन निरौला । चलचित्र क्षेत्रमा क्रियाशील धेरै सम्पादकहरूका बीचमा छुट्टै पहिचान बनाउन सफल भएका नवीनले अहिलेसम्म दर्जनौं टेलिचलचित्र र ठूला चलचित्र सम्पादन गरिसकेका छन् । चलचित्रको विभिन्न दृश्यसँग सम्पादनका रूपमा खेल्न थालेको डेढ दशक पुगिसक्दा पनि नवीनले सम्पादनजस्तो कार्यमा अपडेट हुन आवश्यक रहेको बताउँछन् । समयअनुसार प्रविधि अपडेट हुने हुँदा प्रविधिसँगै अपडेट हुन सकेन भने सफल सम्पादन बन्न नसकिने उनको भनाइ छ ।

नेपाल टेलिभिजनको व्यासायिक सफल टेलिचलचित्र ‘करुणा’, ‘दुई थोपा आशु’ र ‘पर्खाल’ सम्पादन पछि उनको हात चलचित्रमा परेको हो । नेपालमा पहिलोपटक डिजिटल फम्र्याट भित्रिँदा उनी सबैभन्दा व्यस्त बने । 

‘कसलाई आफ्नो भनँु’, ‘करुणा’,‘करुणा २’, ‘दुईथोपा आँशु’, ‘पर्खाल’, ‘माईती’, ‘भूमिका’, ‘समृद्ध नेपाल’, ‘जीवनचक्र’, ‘नाता’, ‘सम्झौता’, ‘गुठी’, ‘परिचय’ लगायत उनको सम्पादनमा टेलिभिजनबाट प्रसारित शृंखला हुन् यी । यसको अलावा उनले रियालिटी सो ‘भ्वाइस अफ टिन’ र ‘पेज थ्री’ समेत सम्पदान गरेका छन् ।

नवीनले अहिलेसम्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘स्टार’, ‘खेताला’, ‘आवारा’, ‘कम्पन’, ‘देउता’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’, ‘साइकल’ लगायत तीन दर्जन बढी चलचित्रको सफल सम्पादन अनुभव लिइसकेका छन् । 

‘सम्पादनलाई निर्देशन, छायांकन, कलर र ब्यागग्राउण्ड म्युजिकको नलेज नहुने हो भने चलचित्र गतिलो बन्दैन’, नविले भने । नयाँ प्रविधि, क्यामरा, कोडेक, सफ्टवेयरको अपडेट र नलेजविना कोही पनि सफल एडिटर बन्न नसक्ने बताउने नवीन सम्पादनका लागि सूक्ष्म नलेजसमेत आवश्यक रहेको बताउँछन् । ‘सम्पादनमा निकै सानासाना कुराको ध्यान दिनु जरुरी हुन्छ । यदि सूक्ष्म कुरालाई हेला ग¥यो भने चलचित्र राम्रो भइकन पनि सम्पादनले गर्दा नराम्रो भइदिन सक्छ ।’ 



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं