Date:2017/12/14 |Thursday

‘पटुकी’मा कम्मर मर्काउँदै रजनी

Posted on: November 23, 2017 | views: 31 |

काठमाडौं । आउँदो पुस १४ गतेबाट देशव्यापी पद्रर्शनीमा आउने चलचित्र ‘पटुकी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । टिपिकल लोकलयमा आधारित यो गीतमा राजनराज सिवाकोटीको स्वर र संगीत छ । गायिका अन्जु पन्तले राजनलाई गायकीमा साथ दिएकी छिन् । म्याक्तेन कालुको यसमा शब्द छ ।

चलचित्रको शीर्ष गीतमा मुख्य नायिका रजनी केसी र नायक आशिष सुनुवारले नेपाली पहिरनमा नृत्य गरेका छन् । म्याक्टेन कालुको निर्माणमा बनेको यो चलचित्रलाई राम नेपालले निर्देशन गरेका हुन् । निर्माता म्याक्टेनले हिमालय टाइम्सलाई दिएको जानकारीअनुसार यो चलचित्र ५० लाखको लगानीमा निर्माण भएको हो । उनले चलचित्रमा वैदेशिक रोजगारीमा गएका युवा शारीरिक अपांग भएर नेपाल फर्किनु पर्दाको पीडा र घरपरिवारको व्यथालाई देखाइएको बताए । ‘अहिले नेपालको परिवेशमा हेर्ने हो भने प्रत्येक एक घरधुरी बराबार एक नेपाली वैदेशीक रोजगारीमा गएका छन् । तिनै युवा विदेशमा गएपछिको समस्या र यता घरपरिवारको अर्को समस्या नै चलचित्रभित्रको मुख्य विषयबस्तु हो’, निर्माता कालुले भने ।   

चितवनको दुर्गा मन्दिरमा शुभमुहूर्त गरेसँगै चितवन, काठमाडौं, मुस्ताङ र पोखराका विभिन्न ठाउँमा छायांकन गरिएको थियो । अहिले चलचित्र युनिट चलचित्रको प्रचारप्रसारमा लागिपरिरहेको छ । जेम्स बिसी, कृष्ण सुनार र रजनी केसीको मुख्य भूमिका रहेको यस चलचित्रमा नवराज अधिकारी, ईश्वरी बराल, गोविन्द नेपालीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं