Date:2017/12/14 |Thursday

इटलीमा विराट–अनुष्काको बिहे

Posted on: December 07, 2017 | views: 99 |

मुम्बई (एजेन्सी) । भारतीय कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले यही महिनामा भव्यताका साथ बिहे गर्दैछन् । उनीहरूले इटालीमा बिहे गर्ने योजना बनाएको भारतीय मिडियामा खबर छ । 

कप्तान कोहली विवाहकै लागि लामो बिदामा पनि छन् । यो जोडीको विवाहमा बलिउड र खेलजगतका थुप्रै सेलिब्रेटीको उपस्थिति रहने बताइएको छ । यही डिसेम्बरको दोस्रो साता लगन गाँठो कस्ने तयारीमा रहेका विराट–अनुष्काको परिवारले इटालीको टिकटसमेत काटिसकेको बुझिएको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं