22nd February | 2018 | Thursday | 2:39:37 AM

वेनिशाले बुझिनन् अवार्ड

  POSTED ON : Thursday, 07 December, 2017 (11:45:02 AM)

वेनिशाले बुझिनन् अवार्ड

काठमाडौं । गएको साता मात्रै युएईमा सम्पन्न दोस्रो म्युजिक भिडियो अवार्डमा विभिन्न सेलिब्रेटी अवार्ड थाप्न पुगेका थिए । युएई पुगेका सबैजसो कलाकारले अवार्ड पाएका थिए भने त्यसमध्ये नायिका वेनिशा हमालले पनि पपुलर अभिनेत्रीको अवार्ड पाइन् । तर वेनिशाले उक्त अवार्ड बुझिनन् । उनले जुन विधामा अवार्ड पाइन्, त्यसका लागि आफूलाई उचित ठानिनन् र अवार्ड अस्वकिार गरिन् ।

आफूभन्दा चर्चित अभिनेत्रीहरूले पपुलर अभिनेत्रीको अवार्ड पाउनुपर्ने उनको भनाइ छ । ‘मैलेभन्दा पनि मभन्दा चर्चित अभिनेत्रीले पपुलर अभिनेत्रीको अवार्ड पाउनुपर्छ भन्ने लागेर फिर्ता गरेकी हुँ’, वेनिशाले भनिन् । साथै अहिले चलचित्र क्षेत्रमा यो अवार्डको विषयमा विभिन्न टिकाटिप्पणी पनि हुन थालेका छन् । युएई पुगेका कलाकार तथा पत्रकारहरूले पैसा तिरेर गएको भन्ने विषयमा चर्चा चलिरहँदा वेनिशाले पनि पैसा तिरेर गएको र त्यही कारणले अवार्ड पाएको भन्ने हल्ला चलिरहँदा उनले त्यसो नभएको बताएकी छिन् । उनले युएई जानका लागि पैसा तिर्नु नपरेको र पैसा तिरेर जानुपरेको भए पनि नजाने बताइन् । ‘कलाकार पैसा लिएर हो विदेश जाने किन पैसा दिएर जान्छन्, म पहिले पनि दुबई गइसकेकी छु, पैसा तिर्नु जरुरी छैन’, उनले भनिन् ।

दुबईमा भएको अवार्ड कार्यक्रममा उनको आउँदो चलचित्र ‘ब्लाइन्ड रक्स’ को गीत पनि रिलिज भएको थियो । 


सम्बन्धित सामग्री:

निशानको नयाँ गीत

: Monday, 12 February, 2018 (3:32:56 PM)