19th October | 2018 | Friday | 9:37:22 PM

नाट्य मेलामा २२ नाटक

  POSTED ON : Thursday, 07 December, 2017 (11:46:45 AM)

नाट्य मेलामा २२ नाटक

काठमाडौं । रंगकर्मीलाई आफ्नो कल्पनाशीलता र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले गर्न लागिएको नाट्य मेलामा जम्मा २२ नाटक दर्ता हुन आएका छन् । निर्वाचनको माहोलले नाटक दर्ता गर्न कतिले नभ्याएको हुनसक्ने भन्दै आयोजक सर्वनाम थिएटरले एक साता समय थप गरेको बताएको छ । मेलाका लागि दश मिनेट लामो नाटक आहृवान गरिएको छ । 

आउँदो मंसिर २० गतेसम्म नाटक मेलामा सहभागिता जनाउन सकिनेछ । दश रूपैयाँमा दर्ता गर्न सकिने नाटक काठमाडौंस्थित सर्वनाम थिएटरको कार्यालयमा बुझाउन सकिनेछ आयोजकले जनाएको छ । जुनै विषयवस्तुमा पनि नाटक निर्माण गर्न पाइए पनि कुनै जाति, धर्म, समुदायलाई असर नपर्ने खालको नाटक हुनुपर्ने आयोजकले जनाएको छ ।


Views: 53