22nd July | 2018 | Sunday | 8:41:20 PM

‘फिर्के’ प्रमोशनमा व्यस्त बेमान–इकु

  POSTED ON : Thursday, 14 December, 2017 (9:05:24 AM)

‘फिर्के’ प्रमोशनमा व्यस्त बेमान–इकु

काठमाडौं । आउँदो पुस २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘फिर्के’ मा हास्य विधामा चर्चित सुलेमान शंकर (इकु) को लगानी र अभिनय छ । इकुले यो भन्दा निर्माण गरेको ‘इकु’ चलचित्र दर्शकले मन पराएका थिए तर यो चलचित्रमा उनले इकुको भूमिकामा नरहेको बताउँदै पनि आएका छन् । यसैबीच उनले यो चलचित्रमा आफ्नो भूमिका फरक भएको बताएका छन् । 

यसैबीच यसै चलचित्रका निर्देशक रवि डंगोल (बेमान) ले चलचित्रमा मनिसलाई विभिन्न तरिकाले घुमाउने कुराहरूको कथा रहेको बताउँछन् । ‘फिर्कै भन्ने नाम गाउँघरमा झाँतोको बीचमा रहने काठलाई भनिन्छ । त्यस्तै यो चलचित्रमा पनि विभिन्न घुमाउने कुरा जोडिएका छन्’, निर्देशक डंगोलले भने । केही समयअघि राजधानीमै एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलर पछिल्लो समय दर्शकले मन पराउँदै गएका छन् ।

यसैबीच ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका मुख्य कलाकार ऋचा शर्मा र अर्पण थापा कै अनुपस्थिति रहँदा कलकारकै साथ नमिलेको हो भन्ने प्रश्नमा व्यस्तताले आउन नसकेको बताए । ‘हामीलाई थाहा छ उहाँहरू अन्य चलचित्रमा व्यस्त हुनुहुन्छ । देशबाहिर भइरहँदा कार्यक्रममा आउन मिल्दैन त्यसैले यो कुरालाई सकारात्मक तरिकाले सोच्नुपर्छ जस्तो लाग्छ’, निर्देशक डंगोलले भने । साथै यसै विषयमा निर्माता तथा कलाकार इकुले पनि यो विषयमा बोल्दै कलाकारले एउटा चलचित्रमा काम गरिसकेपछि अर्को चलचित्रमा पनि काम गर्नुपर्ने भएकोले पहिलाको चलचित्रमा समय दिन खोज्दा खोज्दै पनि नपाएको हुनसक्ने बताउँछन् ।