19th July | 2018 | Thursday | 1:38:00 PM

‘कान्छी’ को दोस्रो गीत : लोकप्रिय हुने नायिका श्वेता खड्काको आशा (भिडियो)

  POSTED ON : Thursday, 04 January, 2018 (6:52:35 PM)

‘कान्छी’ को दोस्रो गीत : लोकप्रिय हुने नायिका श्वेता खड्काको आशा (भिडियो)

हिमालय टाइम्स काठमाडौं । श्वेता खड्का अभिनित ‘कान्छी’ चलचित्रको दोस्रो गीत सार्वजनिक गरिएको छ । 

पहिलो ‘चरी चट्ट परी’ बोलको गीत दर्शकमाझ निकै लोकप्रिय बनेसँगै बिहिबार ‘यो जिउ दाउमा लाउने’ बोलको गीत सार्वजनिक गरिएको हो । पहिलो गीतले युट्युवमा ७५ लाख बढी भ्यू पाइसकेको छ । संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र धर्मेन्द्र सेवानको स्वर रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिचरिङ छन् । 

सार्वजनिक गीतको बारेमा सञ्चारकर्मिलाई जानकारी दिन आयोजना गरिएको कार्यक्रममा नायिका श्वेता खड्काले पहिलो गीत जस्तै दोस्रो गीतलाई पनि दर्शक तथा स्रोताले माया गरिदिने विश्वास लिएको बताइन् । 

संगीतकार अर्जुन पोखरेलले पनि आफ्नो संगीतलाई दर्शकले मन पराउनेमा ढुक्क रहेको बताए । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँको सुटिङ गरिएको यस फिल्ममा श्वेता आफैले निर्माण गरेकी हुन् ।

यो फिल्ममा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ ।