23rd July | 2018 | Monday | 12:06:41 AM

‘राज्जा रानी’लाई प्रिमियरमै चर्चित नेता लालबाबु पण्डितको तारिफ (भिडियो सहित)

  POSTED ON : Thursday, 04 January, 2018 (7:01:26 PM)

‘राज्जा रानी’लाई प्रिमियरमै चर्चित नेता लालबाबु पण्डितको तारिफ (भिडियो सहित)

हिमालय टाइम्स काठमाडौं । आउँदो शुक्रबार बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘राज्जा रानी’ को बुधबार राजधानीमा प्रिमियर शो गरिएको छ । चलचित्रको तराई क्षेत्रमा व्याप्त दाईजो प्रथा र बुहारीलाई दाइजोकै कारण गरिने अभद्र व्यवहारको कथालाई धेरै नै मन पराएका छन् । 

प्रिमियरमा एमालेका चर्चित नेता लालबाबु पण्डित श्रीमतीसँग हल पुगेका थिए । प्रियिमरमा सहभागीले ‘बिषयगत रूपमा मधेस छिर्न सफल फिल्म’ भन्दै ‘राज्जा रानी’को तारिफ गरेका छन् । चलचित्र हेरेपछि पाएको प्रतिक्रियाबाट आफुहरु निकै खुसी र गरेको काम राम्रो भएको महसुस बल्ल गरेको कलाकार नाजिर हुसेन र केकी अधिकारीले बताए । ‘काम त राम्रो गरेका थियौं तर आउटपुट कस्तो आउँछ त्यसमा निकै ढुक्ढुकी थियो । अहिले प्रिमियरबाट आएको प्रतिक्रियाले निकै उत्साहित बनाएको छ ।’, केकीले सञ्चारकर्मिहरुसँग कुरागर्दै भनिन् । साथै नाजिरले पनि निकै मेहनतका साथ गरेको कामको फल मिठो पाएको बताए ।  

चलचित्रमा अथिती भूमिकामा नायिका रेखा थापालाई राखिएको छ । उनले चलचित्रमा एक आइटम डान्स समेत गरेकी छिन् । 

चलचित्रमामा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ । 

आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्दे्शित यो फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको हो । प्रेमकथामा आधारित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । यो फिल्म मैथिली र नेपाली दुवै भाषामा रिलिज हुँदैछ ।