26th April | 2018 | Thursday | 11:41:19 PM

महेशको नमोनमः लोकार्पण

  POSTED ON : Friday, 05 January, 2018 (3:25:44 PM)

महेशको नमोनमः लोकार्पण

काठमाडौं । व्यंग्यकार महेश थापाले व्यंग्यात्मक पुस्तक नमोनमः बजारमा ल्याएका छन् । बिहीबार राजधानीको थिल्पी थिएटरमा एक कार्यक्रमका बीच पुस्तक लोकार्पण गरियो । लामो समयदेखि नेपाली समसामयिक तथा राजनीतिक विषयमा व्यंग्य गर्दै आएका थापाको यो दोस्रो कृति हो । यसभन्दा अघि उनको आत्मकथा ‘अल्प विराम’ बजारमा आइसकेको छ ।

लोकार्पण कार्यक्रमका प्रमुख अतिथि मह (मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य) को जोडीले पुस्तक लोकार्पण गर्दै राजनीतिक विषयमा व्यंग्य रुचाउनेले पढ्नै पर्ने बताए । साथै मदनकृष्णले नेपालमा राजनीतिज्ञलाई सुधार्नकै लागि पनि व्यंग्य गर्नुपर्ने अवस्था रहेको बताए । साथै कार्यक्रमका विशेष अतिथि प्रदीप नेपाल, वक्ता मुमारा खनालले पनि नमोनमः व्यंग्य पुस्तकको बारेमा आआफ्नो धारणा राखेका थिए । 

सामान्यरूपमा चल्ने एक हातको दुई औंलाको सहायताले व्यंग्यात्मक रूपमा कलम चलाउने थापाले उक्त व्यंग्यसंग्रह निकालेका हुन् । सामाजिक तथा राजनीतिमा देखिएको विकृति विसंगतिविरुद्ध व्यंग्यात्मक लेखको व्यंग्यसंग्रह हो ‘नमोनमः’ । पुस्तकमा जम्मा २ सय १९ पृष्ठ छन् भने मूल्य २ सय ५० रुपैयाँ राखिएको छ ।