19th January | 2018 | Friday | 11:25:04 AM

लामाद्वारा सहयोगको अपिल

  POSTED ON : 2018-01-07 08:32:41

लामाद्वारा सहयोगको अपिल

काठमाडौं । विगत चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा प्राविधिक हुँदै मेकअप आर्टिस्टको रूपमा काम गर्दै आएको इन्द्र लामा हाल किड्नीको समस्याले थालिएका छन् । ५३ वर्षीय लामाको विगत ३ महिनादेखि मिर्गौलासम्बन्धी समस्या भई शरीरको आधा भाग पक्षाघात भएका कारण हाल मनमोहन हस्पिटल, स्वयम्भुमा उपचार गराइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा परिवारलाई समस्या भएकाले उनले आप्mनो उपचारमा सहयोग गरिदिन नेपाली सिनेकर्मी र सिनेमासम्बन्धी संघसंस्थालाई अपिल गरेका छन् । 

लामाले ‘धर्ती आकाश’ नामक चलचित्रमा स्पट ब्वाइको काम गरेसँगै चलचित्रक्षेत्रमा प्रवेश गरेका थिए । लामाले ‘राजमती’, ‘आमा’ ‘पन्छी’, ‘सडक’, ‘मितिनी’, ‘मुनामदन’, ‘बसन्ती’, ‘यो पागल मन’ जस्ता सयौं चलचित्रमा काम गरिसकेका छन् । 

साथै उनको उपचारको लागि रकम जुटाउने उद्देश्यका साथ नेपाल चलचित्र प्राविधिक संघ (नेप्mटा) सँगको सहकार्यमा नृत्य निर्देशक समेत रहेकी उनकी छोरी माला लामा रंजितकारले यही पुस २७ गते राजधानी ब्यांक्वेट एन्ड मल्टिभेन्यु वनस्थली चोकमा च्यारिटेबल सांस्कृतिक कार्यक्रमको आयोजना समेत गर्दैछन् । आप्mना बाबुको जीवन रक्षाका लागि सबैले सहयोग गरी उक्त सांस्कृतिक कार्यक्रममा सहभागी भइदिन छोरी मालाले सबैलाई आग्रह गरेकी छन् । विशेषगरी सिने क्षेत्रमा आप्mना बाबुले गरेको योगदानको कदर गर्दै कलाकार तथा प्राविधिकहरूले सहयोग गरिदिनेमा पनि आशावादी भएको उनी बताउँछिन् ।