19th July | 2018 | Thursday | 1:40:10 PM

सुदिक्षा मिसेस ब्युटी क्विन

  POSTED ON : Sunday, 07 January, 2018 (3:41:08 PM)

सुदिक्षा मिसेस ब्युटी क्विन

काठमाडौं । पहिलोपटक विवाहित महिलालाई लक्षित गरी आयोजना गरिएको ‘लेट मि इन मिसेस ब्युटी क्विन नेपाल’ को ताज बूढानीलकण्ठकी सुदिक्षा भट्टराईले जितेकी छिन् । सिजन मिडियाको आयोजनामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न उक्त ब्युटी क्विन प्रतियोगितामा जम्मा २५ प्रतियोगी सहभागी थिए ।

सुदिक्षाले पहिलो स्थान हात पारेसँगै टिभिएस जुपिटर स्कुटर, लेटमिइनको तर्फबाट एक लाख ५० हजार बराबरको उपहार, कस्मेडको तर्फबाट ५० हजारको गिफ्ट भौचर साथै इजी ट्रिप ट्राभलको तर्फबाट ४ दिन मलेसिया भ्रमणको अवसर प्राप्त गरिन् भने अन्य विभिन्न पुरस्कारहरू प्राप्त गरिन् त्यसैगरी, दोस्रो हुन सफल जनकपुरकी दीपिका राईले लाभा स्मार्ट मोबाइल फोन, एक लाख बराबरको उपहार, चार दिनको मलेसिया भ्रमण त्यसैगरी तेस्रो हुने विष्णुमाया पौडेलले पनि चार दिनको मलेसिया भ्रमण, लेट मि इनको तर्फबाट ५० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गरिन् भने मिस ब्युटीफुल आइजको अवार्ड पनि हात पारिन् । त्यस्तै थर्र्ड रनरअप कल्पना बराल खतिवडा भइन् भने उनले मिस पपुलर अवार्ड पनि जित्न सफल भइन् साथै फोर्थ रनरअप कृष्टि कार्की भइन् भने उनले मिस मल्टिमिडिया अवार्ड पनि हात पारिन् ।

अन्य विभिन्न सब टाइटलअन्तर्गत अर्गनाइजर च्वाइस ईश्वरी श्रेष्ठ तामाङ, ट्यालेन्ट अवार्ड कविता राजवंशी शाह, पर्सनालिटी अवार्ड सिर्जना श्रेष्ठ, फोटोजेनिक अवार्ड ज्योति बस्नेत, बेस्ट हेयर कविता ओझा सिग्देल, बेस्ट फिगर मिना राई, बेस्ट वाक सफला ताम्राकार, बेस्ट डे«स मिना खनाल, बेस्ट स्माइल कनक चतुरवेदी, बेस्ट फ्रेन्डसिप अम्बिका थापा, भिर्योस च्वाइस राधिका थापा श्रेष्ठ, बेस्ट स्किन शान्ति लिम्बु र बेस्ट डिसिपिलिन सुजना लामाले जितिन् । प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सान्दर्यकर्मी कमला श्रेष्ठ, मिस नेपाल उषा खड्की, राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सुर्यचन्द्र बस्नेत, शिक्षक प्रेम गुरुङ, नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक नवीनमान श्रेष्ठ लगायत डा. सविना भट्टराई रहेका थिए ।