26th April | 2018 | Thursday | 11:36:23 PM

विराटलाई अफ्रिका छाडेर मुम्बईमा अनुष्का

  POSTED ON : Tuesday, 09 January, 2018 (4:13:29 PM)

विराटलाई अफ्रिका छाडेर मुम्बईमा अनुष्का

मुम्बई (एजेन्सी) । भारतका क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा गत डिसेम्बरमा वैवाहिक बन्धनमा बाँधिएसँगै उनीहरू विभिन्न मुलुकमा घुम्न निस्किएका थिए । विवाहपश्चात उनीहरूले दिल्ली र मुम्बईमा विवाहको ‘रिसेप्सन पार्टी’ पनि दिएका थिए । ‘रिसेप्सन पार्टी’ पछि यो जोडी साउथ अफ्रिका गएको थियो । यसैबीच साउथ अफ्रिकाबाट अनुष्का एक्लै मुम्बई फर्किएकी छिन् । 

शनिबार क्रिकेटर शिखर धवनकी पत्नी आयेशा धवनले सामाजिक सञ्जालमा अनुष्कासँगको तस्वीर शेयर गरेकी थिइन् । उनी भारत र साउथ अफ्रिकाबीचको टेस्ट क्रिकेट प्रतियोगिता हेर्न पति विराटका साथ त्यहाँ गएकी थिइन् । अनुष्का अब आनन्द एल रायको फिल्म ‘जिरो’ को सुटिङमा व्यस्त रहने भएकी छन् । यो फिल्ममा उनी शाहरूख खान र कटरिना कैफका साथ अभिनय गरिरहेको देखिने भएकी छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार ‘जिरो’ पछि अनुष्काले आगामी फेब्रुअरी महिनामा वरुण धवनका साथ ‘सुई धागा’ नामक फिल्ममा खेल्ने तय भइसकेको छ ।