23rd October | 2018 | Tuesday | 11:20:22 AM

अबको बाहुबलीमा प्रभासले काम नगर्ने

  POSTED ON : Tuesday, 09 January, 2018 (4:15:25 PM)

अबको बाहुबलीमा प्रभासले काम नगर्ने

मुम्बई (एजेन्सी) । नेपाललगायत संसारभरि नै ‘बाहुबली २’ चलचित्रले निकै ठूलो कीर्तिमानी रेकर्ड बनायो । विशेषगरी भारतीय फिल्म इतिहासमा यो चलचित्रले ठूलो रेकर्ड कायम ग¥यो । वर्ष २०१७ को ब्लकबास्टर चलचित्र बन्न सफल भयो । चलचित्रका हरेक कलाकार स्टार बने । चलचित्र निर्देशन गरेका निर्देशक एस रामामौलीलाई यो चलचित्रले निकै ठूलो खुसी दिलायो । यसै चलचित्रबाट बाहुबली भनेर संसारभरि चिनिएका प्रभासलाई सबैतिर हाइहाइ भयो सयौं चलचित्रमा डिमान्ड आयो तर प्रभासले अब यदि बाहुबलीको अर्को संस्करण बन्ने भयो भने काम नगर्ने भएका छन् । 

उनले एक कार्यक्रममा मिडियाको सामु भने, ‘बाहुबली मेरो जीवनको सबैभन्दा ठूलो र सार्थक फिल्म हो । जसले मेरो करिअर राम्रो बनाउन निकै मद्दत गरेको छ । यो फिल्मले धेरै दर्शकको प्रशंसा पनि पाएको थियो । तर, अबदेखि म कहिल्यै यस्तो फिल्म गर्दिनँ ।’ 

उनी अगाडि भन्छन्, ‘यो फिल्म पूरा गर्न ५ वर्ष लागेको थियो । जुन मजस्तो अभिनेताको लागि धेरै लामो समय हो । अभिनेतासँग एकदमै कम समय हुने र थोरै समयमा धेरै फिल्म गर्नुपर्ने हुन्छ । त्यसले म ५ वर्ष लामो समय कुनै पनि फिल्मलाई दिन सक्दिनँ । यो मेरो करिअरका लागि सही हुने छैन ।’


Views: 106