16th October | 2018 | Tuesday | 8:10:20 AM

हिमालय टाइम्सकर्मी सम्मानित

  POSTED ON : Tuesday, 09 January, 2018 (4:19:00 PM)

हिमालय टाइम्सकर्मी सम्मानित

हिमालय टाइम्स । 

काठमाडौं । सोमबार नेपाल ज्योतिष परिषद्को २० औं वार्षिकोत्सव सम्पन्न भएको छ । वि.स. २०५५ साल पुस २४ गते डा. लोकराज पौडेलको अध्यक्षतामा नेपाल ज्योतिष परिषद् स्थापना भएको थियो । आफ्नो स्थापनाको २० औं वर्षको वार्षिक उपलक्ष्यमा ज्योतिष तथा धर्म विधाका समाचारलाई प्रेसमार्फत पाठकमाझ पु¥याउन सहयोग पु¥याउने दुई पत्रकार हिमालय टाइम्सकर्मी मुरारी ढुंगेल र अर्का पत्रकार नरेन्द्र चुडालीलाई सम्मान गरिएको थियो । त्यसैगरी पञ्चांग र पञ्चांगकारद्वय तोयनाथ पञ्चांग समितिका सूर्यनाथ पन्त तथा बाबुराम पञ्चांग समितिका विश्वराम सापकोटालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार महिला तथा बालबालिका राज्यमन्त्री कान्ता भट्टराईको हातबाट सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रमा बोल्दै राज्यमन्त्री भट्टराईले ज्योतिष विद्या र धर्मशास्त्रको जगेर्नाका लागि सबैले आआफ्नो ठाउँबाट सहयोग पु¥याउनु पर्ने बताएकी थिइन् । उनले भनिन्, ‘राज्यका चौथो अंगका रूपमा हेरिएका पत्रकार तथा पञ्चांग विद्यामा योगदान पु¥याउने व्यक्तिलाई नेपाल ज्योतिष परिषद्ले सम्मान गरेकोमा धन्यवाद दिन चाहन्छु ।’ ज्योतिष विधा एक अत्यन्त महŒवपूर्ण विद्याको रूपमा रहेको बताउँदै राज्यमन्त्री भट्टराईले यसको जगेर्ना गर्नुपर्ने बताइन् ।

२० औं स्थापना दिवस, नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल ज्योतिष परिषद्का महासचिव सन्तोष वाशिष्ठले आगामी वार्षिकोत्सव परिषद्को आफ्नै भवनमा गर्नेगरी लागीपरेको बताए । उक्त कार्यक्रमको सञ्चालन परिषद्का सचिव लक्ष्मण पन्थीले गरेका थिए ।


Views: 186