26th April | 2018 | Thursday | 11:41:56 PM

‘टाइगर जिन्दा हे’ लाई ३ सय करोड

  POSTED ON : Wednesday, 10 January, 2018 (3:24:06 PM)

‘टाइगर जिन्दा हे’ लाई ३ सय करोड

मुम्बई (एजेन्सी) । बलिउडका चर्चित नायक सलमान खान र नायिका कट्रिना कैफ अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ प्रदर्शन भएको १६औं दिनमा ३ सय करोड क्लबमा प्रवेश गरेको छ । चलचित्रले प्रदर्शनको तेस्रो दिनमै एक सय करोड कमाउन सफल भएको थियो ।

‘टाइगर जिन्दा हे’ यशराज ब्यानरमा बनेको सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बनेको छ । अहिलेसम्मको रेकर्डअनुसार दोस्रोे नम्बरमा ‘सुल्तान’ छ भने तेस्रोमा ‘धुम ३’ छ । यसअघि सन् २०१४ मा आमिर खानको ‘पिके’, सन् २०१५ मा सलमान खानको ‘बजरंगी भाइजान’, २०१६ मा सलमानै ‘सुल्तान’, र आमिरको ‘दंगल’ ले तीनसय करोडको आँकडा पार गरेका थिए । तीन सय करोड पार गर्ने ‘टाइगर जिन्दा हे’ सलमानको तेस्रो चलचित्र हो । 

यसमा अलि अब्बास जफरको निर्देशन रहेको छ । यो भन्दा अघि सलमानले नै अभिनय गरेको चलचित्र ‘बजरंगी भाइजान’ ले ३ सय २० करोड कमाएका थियो । यही अहिलेको अनुपातमा चलचित्रले कमाइ गर्दै गएको खण्डमा ‘बजरंगी भाइजान’ को रेकर्ड नतोडिएला भन्न सकिँदैन ।