19th July | 2018 | Thursday | 1:36:51 PM

निखिल–सञ्चिता जापान जाँदै

  POSTED ON : Thursday, 11 January, 2018 (3:37:10 PM)

निखिल–सञ्चिता जापान जाँदै

काठमाडौं । नेपाली चलचित्रक्षेत्रमा ‘पिँजडा’ चलचित्रबाट भित्रिएका एक्शन नायक निखिल उप्रेतीको यसै चलचित्रको नामलाई लिएर निर्माण गरिएको ‘पिँजडा व्याक अगेन’ प्रदर्शनको तयारीमा छ । आउँदो माघ ४ गतेबाट अलनेपाल रिलिज हुने तयारीमा रहेको यो चलचित्रको गीतसंगीत र ट्रेलरलाई दर्शकले राम्रो मन पराएको पाइएको छ । चलचित्रमा नवनायिका सारा सिर्पाली र निखिलको मुख्य भूमिका छ । 

सो चलचित्रको प्रदर्शनका लागि नायक निखिल जापान जाने भएका हुन् । नेपालमा प्रदर्शन भएको १० दिनपछि जापानमा जनवरी २८ तारिखमा पनि देखाइएको चलचित्र टिमले जनाएको छ । शोमा निखिल आफूमात्र भने जाने छैनन् उनीसँगै उनकी श्रीमती अभिनेत्री सञ्चिता लुइँटेल जाने छिन् । साथै चलचित्रका निर्देशक हिमाल केसी पनि सँगै हुनेछन् । चलचित्रकमा सञ्चिताको भने अभिनय छैन । 

जापानको टोकियोमा हुने प्रदर्शनलगत्तै अन्य शहरमा भिन्न मितिमा चलचित्र प्रदर्शन हुने निर्देशक केसीले बताए । जापान प्रदर्शनको अधिकार क्लासिक युथ जापानले लिएको हो । यो चलचित्रकोको कथा मौनता श्रेष्ठले लेखेकी हुन् । 

चलचित्रमा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठलगायत कलाकारको अभिनय छ । ‘पिँजडा व्याक अगेन’ लाई ओम शाही भक्त मुभिज र ओम साई मौलाकालिका पिक्चर्सले संयुक्त निर्माण गरेको हो । केही हप्ताअगाडि सडक दुर्घटनामा निधन भएकी विना थापाको चलचित्रमा अभिनय छ । सुशान्त श्रेष्ठ र वसन्त शर्मा कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्रबहादुर क्षेत्रीको लगानी छ ।