23rd July | 2018 | Monday | 12:03:33 AM

आना मिसेस नेपाल टुरिजम्

  POSTED ON : Thursday, 11 January, 2018 (3:42:14 PM)

आना मिसेस नेपाल टुरिजम्

काठमाडौं । एकै मञ्चमा विवाहित र अविवाहित महिलाबीच दुई सौन्दर्य प्रतियोगिता सम्पन्न भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा सोमबार सम्पन्न ‘मिसेस नेपाल टुरिजम्’ र ‘मिस टिन टुरिजम् २०१८’ सौन्दर्य प्रतियोगितामा नयाँबानेश्वरकी आना आचार्यले मिसेस नेपाल टुरिजमको उपाधि चुमेकी छन् ।

काठमाडौं मेडिकल कलेजकी डक्टर तथा फार्माकोलोजीको लेक्चर्र रहेकी उनी वेष्ट स्किन उपाधि विजेता बनेकी हुन् । प्रतियोगिता स्टार वन इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको हो । त्यसै गरी रेडियो नेपालकी सञ्चारकर्मी तिनथाना निवासी सन्तु श्रेष्ठ फस्ट रनर्सअप र वेष्ट पर्फमर, कुसुन्तिकी अनिका दाहाल सेकेण्ड रनर्सअप र वेष्ट स्पिच तथा छाउनी अस्पतालकी चिकित्सक रहेकी सामाखुसीकी राधिका सापकोटा थर्ड रनर्सअप र मस्ट ट्यालेन्ट पेशा भएका छन् । 

प्रतियोगितामा तिल्क्षमी भण्डारी मस्ट पपुलर र भ्युवर्स च्वाइस, रेसु श्रेष्ठ मिसेस क्याटवाक र फेसबुक च्वाइस, बबिता थापा गजुरेल वेष्ट हेयर, मनिषा अधिकारी मस्ट फोटोजेनिक, माया बुढा वेष्ट स्माइल, स्वीटि मानन्धर वेष्ट पर्सनालिटी, अञ्जलि श्रेष्ठ वेष्ट फिजिक, पवित्रा आलेमगर मिसेस कञ्जीनालिटी, लालमति थापामगर मस्ट डिस्पिलिन, मोविना घिमिरे ब्युटि विथ पर्पस छन् । 

मस्ट चार्मिङ प्रतिमा केसी, प्रतिमा गच्छदार वेष्ट डान्स, सिम्रन सिलवाल सोसियली रेस्पोनसिवल, विन्दु श्रेष्ठ मस्ट एक्टिभ, मञ्जु अवाले कर्ण मस्ट आइकोनिक आइज, सिवानी साह विष्ट वेष्ट आर्ट वर्क, जस्मिन खनाल वेष्ट फिटनेस, गीता खनाल मिसेस ब्युटिफूल, रश्मि शाक्य मस्ट क्रियटिभ, बबुना पखाली मस्ट इन्टेलेक्चुअल, अञ्जना श्रेष्ठ मस्ट डिजर्भिङ, सरिता गौतम म्यानेजमेन्ट च्वाइस, चोक माया गुरुङ वेष्ट सिगंर, सम्मmना श्रेष्ठ रावत मिसेस बब्लिफेस, मस्ट डायानामिक प्रतिमा श्रेष्ठ, सुशीला बुढाथोकी मस्ट फ्रेडन्ली र सविना दुलाल लामिछाने ब्युटि विथ रेस्पोनसिबिलिटीको विजेता भएका छन् ।

पर्यटनका लागि सँगसँगै भन्ने मूल नाराका आयोजित किशोरीहरूको अर्को सौन्दर्य प्रतियोगितामा विशालनगरकी रसि सुवेदीले मिस टिन टुरिजम् २०१८ को उपाधि चुमेकी छन् । उनी मिस क्याटवाक र ब्युटी विथ प्रपोज विजेतासमेत भएकी छन् । सूर्यविनायककी सम्विदा ओझा फष्ट रनर्सअप, बालाजुकी रमिना विष्ट सेकेण्ड रनर्सअप, बालुवटारकी प्रशंसा पौडेल थर्ड रनर्सअप र वेष्ट स्किन चुनिएको प्रतियोगितामा पुजा गुरुङ, मष्ट पपुलर, प्रन्याहा जोशी वेष्ट हेयर, स्वेता थापा मष्ट फोटोजेनिक रहेका छन् ।

रविना विष्ट वेष्ट स्माइल, एलिसा राई वेष्ट फेशन आइकन, आष्मा खड्का वेष्ट फर्सनालिटी, शिला कोजु वेष्ट फिजिक, अञ्जिता छनत्याल फेसबुक च्वाइस र वेष्ट स्पिच, सुगन्धा चौधरी मिस कन्जिनियालिट, प्रिया महर्जन मष्ट डिसिप्लेन, सम्विदा ओझा मष्ट चार्मिङ, पूजा गुरुङ मिस ट्यालेन्ट, सुमिगा लामिछाने वेष्ट डान्स, मेघना महर्जन सोसियल्ली रेसपोन्सीबल, सञ्चिता भट्टराई मष्ट एकटिभ र रिया हरिजन मष्ट आइकनिक आइज भए । 

अश्विनी झाको सञ्चालन र कोरियोग्राफीमा सम्पन्न कार्यक्रममा गायक आनन्द कार्की र निजन श्रेष्ठले गीतसंगीत प्रस्तुत गरेका थिए भने गजित विष्टले नृत्य प्रस्तुत गरेका थिए । दुबै प्रतियोगितामा मिस नेपाल उशा खड्गी, गायक आनन्द कार्की, अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, नायक गजित विष्ट, समाजसेवी वसन्त कुँवर, नेपाल आयल निगमका पूर्वनिर्देशक सीताराम पोखरेल तथा शिक्षक एवं संगितकार सरोज प्याकुरेल निर्णायक रहेका थिए ।