20th January | 2018 | Saturday | 7:16:17 AM

लण्डन पुगिन साम्राज्ञी

  POSTED ON : 2018-01-11 08:43:21

लण्डन पुगिन साम्राज्ञी

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘इन्टु मिन्टु लण्डनमा’ नामक चलचित्रको छायांकनका लागि लण्डन जाने तरखरमा थिइन् तर पहिलोपटक साम्राज्ञीलाई दूतावासले भिसा नदिएपछि चलचित्र टिम तनावमा थियो । साथै साम्राज्ञीले भिसा नपाएको खबरले मिडियामा राम्रै स्थान पायो । लण्डनको भिसाका लागि साम्राज्ञीले दोस्रोपटक भिसा एप्लाई गरिन् र अन्ततः उनी भिसा पाउन सफल भइन् ।

पहिलोपटक बेलायतले भिसा दिन अस्वीकार गरेपछि उनले नायक आर्यन सिग्देलको अभिनय र निर्माणमा बन्न लागेको चलचित्र ‘कायरा’ साइन गरेकी थिइन् । ‘कायरा’ को छायांकन जनवरी ११ तारिखबाट सुरु हुँदैछ । यसका लागि सोमबार साँझ नायक आर्यन फिलिपिन्स उडेका छन् । 

फिलिपिन्सको मनिलामा छायांकन हुने यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन् । यस्तै, साम्राज्ञीले बेलायतमा ‘इन्टु मिन्टु लण्डनमा’ को सुटिङ सुरु गरिसकेकी छन् । उनले आफ्नो आधिकारिक इन्स्टाग्राम र फेसबुकमा फिल्मका नायक धीरज मगरसँगको एक तस्वीर शेयर गरेकी छन् । 

बिग बजेटमा निर्माण हुन लागेको यो फिल्मकी निर्देशक रेनाशा वान्तवा राई हुन् । उनी चर्चित कोरियोग्राफरसमेत हुन् । यो फिल्मको अधिकांश छायांकन बेलायतमै हुनेछ । सेड्युल जुधेपछि अब साम्राज्ञीले ‘कायरा’ र ‘इन्टु मिन्टु लण्डनमा’ को छायांकन एकसाथ गर्नेछिन् ।