22nd June | 2018 | Friday | 5:54:09 AM

अञ्जुको जिन्दगी आउँदै

  POSTED ON : Friday, 12 January, 2018 (3:42:14 PM)

अञ्जुको जिन्दगी आउँदै

काठमाडौं । गायिका अञ्जु पन्तले हजारौं गीत गाइसकेकी छन् । विशेषतः ‘सेन्टिमेन्टल’ गीत गाउने अञ्जुको ‘जिन्दगी’ बोलको अहिलेसम्मकै फरक डान्सिङ गीत आउनेक्रममा छ । ‘मैले हजारौं गीत गाएकी छु तर यो अहिलेसम्मकै फरक गीत हुनेछ । स्टेजमा नँचाउने गीत बन्ने भयो । मेरो लागि राम्रो कुरा हो’, उनले गीत रेकर्डको क्रममा भनिन् । 

गीतमा अञ्जुलाई नवगायक भक्त विश्वकर्माले साथ दिएका छन् । ‘चर्चित गायिकासँग पहिलो गीत गाउन पाउनु मेरो लागि अवसरको कुरा हो । सम्पूर्ण टिमलाई धेरै धन्यवाद दिन चाहान्छु’, गायक भक्तले हिमालय टाइम्ससँग कुरा गर्दै भने । गीतमा लगानी गरेका प्रमोद विश्वकर्माले ठूलो बजेटमा भिडियोको छायांकन भइरहेको जानकारी दिए । ‘मैले लगानी उठाउँला भनेर गीतको भिडियो निर्माण गरेको होइन । भिडियोकै कारण एउटा राम्रो गीत नमरोस् भनेर भिडियोमा लगानी गरेको हूँ’, प्रमोदले भने । यस्तै गीतमा शब्द तथा संगीत भरेका पदमराज विकले पनि गीतलाई पूर्णरूपमा न्यायदिने कोसिस गरेको बताए ।

साथै बिहीबार यसै गीतको भिडियो छायांकन गरिएको थियो । राति अबेरसम्म लगाएर छायांकन गरिएको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । भिडियोमा शंकरसँगै चार मोडल देखिँदै छन् । निर्देक शंकरले आफूले निर्देशन तथा मोडलिङ गरेका भिडियोभन्दा विल्कुलै फरक भिडियो बनेको बताए ।

उनले एउटै म्युजिक भिडियोमा चारजना मोडलको नृत्य गराएको पहिलोपटक हो । चन्दा दाहाल, करिश्मा ढकाल, अञ्जली अधिकारी र रिना थापाको अभिनय छ भने २० बढी कोरसको नृत्य छ । भिडियो माघको १५ भित्रमा सार्वजनिक गरिने बताइएको छ ।