Date:2018/01/16 |Tuesday

अनुपमको मध्यान्तर बजारमा

Posted on: January 12, 2018 | views: 28 |

काठमाडौं । अनुपम रोशीको चौथो कृति ‘मध्यान्तर’ बजारमा आएको छ । जैविक स्वतन्त्रता र यौन मनोविज्ञानमा आधारित विषयवस्तुमा आफ्ना सशक्त अभिव्यक्ति दिँदै आएकी अनुपमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘मध्यान्तर’ बजारमा आएको बताएकी हुन् । 

कृतिलाई कार्यक्रममा वरिष्ठ कथाकार माया ठकुरी, लेखक एवं समीक्षक युग पाठक, डा. रजनी ढकाल, केशव सिग्देल र लेखक अनुपम रोशीले पुस्तकको संयुक्त रूपमा विमोचन गरे । 

कार्यक्रममा पुस्तकबारे बोल्दै कथाकार ठकुरीले पुस्तकमा अनुपमको कथा लेख्नै शैली मज्जाको रहेको बताइन् । रजनी ढकाल र केशव सिग्देलले पनि रोशीको कथा शिल्प, विषय उठान र भाषाको प्रसंशा गरे । बिएन पुस्तक संसारले पुस्तकलाई बजारमा ल्याएको हो । यसअघि लेखक अनुपम रोशीका कुमारी आमा, नांगो मान्छे र कालो छाया गरी तीन उपन्यास प्रकाशित छन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं