Date:2018/01/16 |Tuesday

रातामकैलाई दक्षकला अवार्ड

Posted on: January 12, 2018 | views: 36 |

काठमाडौं । हास्य कलाकार किरण केसी अर्थात् रातामकैलाई दक्षकला अवार्ड प्रदान गरिएको छ । नेपाली कलाक्षेत्रमा लामो समय बिताएका र दक्षतापूर्वक योगदान पु¥याएका केसीलाई दक्ष इन्टेरनेशनल उक्त अवार्ड प्रदान गरेको हो । 

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अविवाहित र विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता कार्यक्रममै आयोजक संस्थाले उनलाई अर्वाड प्रदान गरेको थियो । अवार्ड वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले बुझाएका थिए ।

त्यस्तै उक्त सौन्दर्य प्रतियोगिताको तेस्रो संस्करणमा एञ्जिला कार्की ‘मिस ब्युटिफूल नेपाल २०१८’ बन्न सफल भइन् भने संगीता न्यौपाने दोस्रो ‘मिसेस ब्युटिफूल नेपाल २०१८’ बनिन् । हास्यव्यग्य अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा मिस ब्युटिपूmल नेपाल २०१८ तर्फ ३० प्रतिस्पर्धीमध्ये मनिषा देव फष्ट रनर्सअप र मिस कञ्जीनिलियटी, अस्मिता श्रेष्ठ सेकेण्ड र सिर्जना दाहाल थर्ड रनर्सअप भए । 

त्यसैगरी पवित्रा घर्तीमगर मस्ट पपुलर, तेञ्जिङ लामा मिस क्याटवाक, प्रतिज्ञा भण्डारी वेष्ट डान्स, रोशनीकुमारी रावल वेष्ट सिंगर, अस्मिता श्रेष्ठ वेष्ट आइक्यु, पुष्पा सापकोटा वेष्ट स्किन, बिजेना चौहान ब्युटि विथ प्रपोज, बिनु तामाङ सोसल रेस्पोन्सिवल, समीक्षा श्रेष्ठ वेष्ट हेयर, मिनाक्षी देव फेसबुक च्वाइस, अरुणा कम्बाञ्ज मष्ट डिसिप्लेन, एञ्जिला कार्की मष्ट फ्रेण्डली, बेञ्जु थापा वेष्ट स्पिच, प्रतिज्ञा भण्डारी मिस फोटोजेनिक, लक्ष्मी केसी वेष्ट स्माइल, अरुणा कार्की मिस फेसन आइकन, निशा थापा वेष्ट पर्सनालिटी, सिर्जना दाहाल मस्ट चार्मिङ, रेविका बराइली वेष्ट फिटनेश, समीक्षा श्रेष्ठ मिस ट्यालेण्ट, पवित्रा घर्तीमगर मष्ट एक्टिभ र कल्पना तामाङ मस्ट आइकनिक आइज भएका छन् ।

अश्विनी झाको कोरियोग्राफी र बबिता बज्राचार्यको इभेन्ट म्यानेजमेन्टमा विवाहितहरूको सौन्दर्य प्रतियोगिता मिसेस ब्युटिफूल नेपाल २०१८ मा प्रमुख उपाधि विजेता संगीता न्यौपाने वेष्ट पर्सनालिटी र मिसेस ट्यालेण्ट, सरिता सिंह कायस्थ फष्ट रनर्सअप र वेष्ट फिटनेस, पूजा कुँवर थापा सेकेण्ड रनर्सअप र मिसेस कञ्जिनियालिटी भएका छन् । 

प्रतियोगितामा दीना बज्राचार्य मिसेस ¥याम्प वाल्क, अनु लामा वेष्ट हेयर, सविना गहतराज मिसेस फोटोजेनिक र वेष्ट फिजिक, कोपिला रसाइली सिंह वेष्ट स्माइल, अञ्जु कार्की वेष्ट स्किन, लीलावती जोशी श्रेष्ठ वेष्ट आर्टवर्क र आरती महर्जन भ्युवर्स च्वाइस भएका छन् । 

कार्यक्रममा अभिनेता गजित विष्टको आर्कषक नृत्य रहेको थियो भने नायिका सञ्चिता लुइँटेल, गायक सीताराम पोखरेल, नेपाल–भारतमैत्री अस्पतालका अध्यक्ष तथा समाजसेवी डा. श्याम खड्का, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी र नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा निर्णायक मण्डलमा रहेका थिए । 

कार्यक्रममा निरु खड्का, यमन श्रेष्ठ, कमला रेग्मी, महादेव त्रिपाठी, रमेश श्रेष्ठ सीमान्त सन्तोष, धु्रव विस्को, प्रदीप कसपाललगायत कलाकाले विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं