18th February | 2018 | Sunday | 5:17:16 AM

हिमाल सागरले ल्याए ‘आउँनै छाड्यौ सपनीमा’ (भिडियो सहित)

  POSTED ON : Monday, 29 January, 2018 (7:13:26 PM)

हिमाल सागरले ल्याए ‘आउँनै छाड्यौ सपनीमा’ (भिडियो सहित)

हिमालय टाइम्स काठमाडौं । युवा गायक हिमाल सागरले अर्को नयाँ गीत सार्बजनिक गरेका छन् । ‘आउँनै छाड्यौं सपनीमा’ बोलको गीतलाई केही समय अघि सार्थक डिजिटल प्रा. लि.ले आफ्नै अफिसियल यु–ट्युब च्यानल “सार्थक डिजिटल” मार्फत सार्बजनिक गरिएको हो ।

प्राय आफ्नै शब्द संगीतमा गीत गाउन रुचाउने हिमाल पछिल्लो समय बाहिरी ब्यानरका गीतहरु समेत गाउन थालेका छन् । उक्त गीतको शब्द संयोजन रबिन्द्र जोशीको रहेको छ भने जीवन पन्तले संगीत दिएका छन् ।

गायक हिमाल सागरको आवाजमा रहेको उक्त गीत दि फ्रेण्डसिप एल्बममा समावेश गरिएको छ ।

उक्त गीतको भिडियोमा हिमाल र गीतकार रबिन्द्रलाई देख्न सकिन्छ । निरज मगरको छांयाकनमा तयार पारिएको उक्त भिडियोलाई जेब्रा क्रियशनले सम्पादन गरेको हो ।


सम्बन्धित सामग्री:

निशानको नयाँ गीत

: Monday, 12 February, 2018 (3:32:56 PM)