17th October | 2018 | Wednesday | 4:55:54 PM

हलमा शत्रुगते टिजर

  POSTED ON : Monday, 12 February, 2018 (3:24:44 PM)

हलमा शत्रुगते टिजर

काठमाडौं । चलचित्र ‘शत्रुगते’ को हल केन्द्रित टिजर सार्वजनिक गरिएको छ । चलचित्र ‘कृ’ प्रदर्शन भइरहेका बेला चलचित्र हेर्न हलसम्म आएका दर्शकका लागि उपहार स्वरुप टिजर सार्वजनिक गरिएको चलचित्र युनिटले जनाएको छ । यो टिजर इन्टरनेटमा भने अपलोड हुने छैन । ‘कृ’ को दर्शक फ्लोलाई ध्यानमा राख्दै शत्रुगते युनिटले टिजरलाई प्रचारको राम्रो माध्यम बनाएको हो । 

प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बशुन्धरा भुसाल, रमेश रञ्जन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् । यसमा छायांकन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । लचचित्र आउँदो चैत ९ गतेबाट प्रदर्शनमा आउँनेछ ।


Views: 5