25th May | 2018 | Friday | 9:32:27 PM

निशानको नयाँ गीत

  POSTED ON : Monday, 12 February, 2018 (3:32:56 PM)

निशानको नयाँ गीत

काठमाडौं । नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईले नयाँ गीत बजारमा ल्याएका छन् । ‘कोरेर मिठा भावहरू...’ बोलको गीतमा नरु त्रिपथीको शब्द रहेको छ । गीतमा संगीत बिपी वाग्लेले गरेका छन् । राजन खतिवडा र राजन त्रिपथीले अभिनय गरेको भिडियो नवीन भट्टले निर्देशन गरेका हुन् । 

यसअघि सेकेण्ड रनरअप प्रताप दासले पनि गीत बजारमा ल्याइसकेका छन् भने चौथौ स्थानमा आएर पनि सर्वाधिक चर्चा र माया पाएका सागर आलेले भने चारवटा गीत गाइसकेका छन् । नेपाल आइडल विजेता बुद्ध लामाले भने गीत बजारमा ल्याएका छैनन् । अहिले यो टिम अमेरिकामा सांगीतिक कार्यक्रममा व्यस्त छन् ।