16th December | 2018 | Sunday | 6:10:58 PM

रोमान्टिक मुडमा पवन–सिमा (फोटो फिचर)

  POSTED ON : Tuesday, 13 February, 2018 (8:22:25 PM)





काठमाडौं । आज प्रेमि–प्रेमिका अथवा श्रीमान् श्रीमतीको विशेष पर्वको रूपमा मानिने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा देशभरिका माया गर्ने जोडीहरूले माया साटासाट गरेर मनाइरहेका छन् । यसैबीच मोडल पवन भट्टराई र सिमा ढकाल प्रेम दिवसमा रोमान्टिक मुडमा देखिएका छन् । उनीहरूले प्रेम दिवसको अवसर पारेर फोटो सुट गराएका हुन् । जसमा यो जोडीको प्रेम देखिन्छ । 

रेड क्याजुअल ड्रेसमा सजिएका पवन र सिमाको ड्रेसअप र पोजल अझ भ्यालेटाइनले मुड झल्काएको छ । क्यामेरामा सुजय गौतमले राम्रो भूमिका निर्वाह गरिदिएका छन् । मोडलद्वय पवन र सिमाले प्रेम दिवसलाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेका छन् । प्रेम दिवसले प्रेमी–प्रेमिकाबीच मात्र नभई सम्पूर्ण मानवबीच प्रगाढ प्रेम हुनुपर्ने उनीहरूको धारणा छ । खोटाङमा जन्मिएका पवनले पत्रकारिता सँगसगै मोडलिङलाई सभ्य र सम्मानित बनाउँदै भ्यालेन्टाइनलाई रोमान्टिक तथा शन्देशमूलक बनाउन आग्रह गरेका छन् । 


Views: 22