16th December | 2018 | Sunday | 7:14:10 PM

अडियोमा कोहलपुर एक्स्प्रेस

  POSTED ON : Tuesday, 13 March, 2018 (5:04:07 PM)

अडियोमा कोहलपुर एक्स्प्रेस

काठमाडौं । विशाल भण्डारीको डेब्यु निर्देशनमा तयार भएको चलचित्र ‘कोहलपुर एक्स्प्रेस’ को लिरिकल अडियो गीत सार्वजनिक गरिएको छ । गीतमा कालीप्रसाद बास्कोटाको स्वर तथा संगीत सुन्न सकिन्छ । एनिमेड लिरिकल भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् । केही स्थिर दृश्यहरू गीतमा समावेश छन् ।

यो चलचित्रबाट पहिलोपटक केकी अधिकारी निर्मात्रीको रूपमा पनि आउँदैछिन् । चलचित्रमा केकी अधिकारी, विनोद न्यौपाने, ऋचा शर्मा, प्रियंका कार्की, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरूको अभिनय छ । 

निर्देशन भण्डारी आफंैले चलचित्रको कथा लेखेका हुन् भने चलचित्र अर्जुन तिवारीले खिचेका हन् । भक्तबहादुर शाही, देवीलाल न्यौपाने पण्डित र शिवप्रसाद चौलागाई पनि ‘कोहलपुर एक्स्प्रेस’ को निर्माताका रूपमा छन् । चलचित्र पछिल्लो समय ‘अब मनसँग मन’ र ‘सिओडब्लु काउ’ गीतका कारण चर्चामा छ । आउँदो वैशाख १४ गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ । 


Views: 9