22nd June | 2018 | Friday | 10:56:08 AM

विवाह बन्धनमा अशिष्मा

  POSTED ON : Tuesday, 13 March, 2018 (5:05:33 PM)

विवाह बन्धनमा अशिष्मा

काठमाडौं । नेपाली चलचित्रक्षेत्रकी नायिका अशिष्मा नकर्मी विवाह बन्धनमा बाधिएकी छन् । चलचित्र ‘अन्तराल’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी अशिष्माले सोमबार बाँनेश्वर निवासी नवीन चन्द्र प्रधानसँग विवाह गरेकी हुन् । 

कालिमाटीको एक पार्टी प्यालेसमा सीमित चलचित्रकर्मीका बीच अशिष्मा र नवीनको बिहे भएको हो । अशिष्माले नयाँ जीवन सुरु गर्न लागेको भन्दै बाबु आमाबाट केही टाढा बस्नुपर्दा नरमाइलो लाग्ने बताइन् । उनले राम्रै कुराका लागि समय परिवर्तन भएको बताइन् । 

श्रीमान्ले आफूलाई धेरै माया गर्ने विश्वास लिएको अशिष्माको भनाइ थियो । नायिका रेजिना उप्रेती, छुल्ठिम गुरुङदेखि कलाकार लक्ष्मी गिरी, सरिता लामिछाने, यशराज, कविता शर्मालगायत उनको बिहेमा शुभकामना दिन पुगेका थिए ।

चलचित्र ‘अधकट्टी’मा समावेश ‘मेरो फिगर कोकाकोला’ बोलको गीतका कारण उनलाई ‘कोकाकोला गर्ल’ समेत भनेर बोलाइन्छ । पछिल्लो समय उनले अभिनय गरेका चलचित्र खासै आएको पाइँदैन । उनी चलचित्रक्षेत्रबाट लगभग फुर्सदमै थिइन् ।