16th December | 2018 | Sunday | 7:42:47 PM

अनुरागमा प्रतापको स्वर

  POSTED ON : Tuesday, 13 March, 2018 (5:23:59 PM)

अनुरागमा प्रतापको स्वर

काठमाडौं । चलचित्र ‘अनुराग’ आउँदो वर्षको जेठ ११ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । यसैबीच चलचित्र निर्माण टिम प्रचारप्रसारको शैलीलाई अगाडि बढाइरहेको छ । चलचित्रमा समावेश ‘तिम्रो स्वरमा स्वर मिलाई’ बोलको गीत सार्वजनिक गरिएको छ । 

जसमा नेपाल आइडलमा तेस्रो हुन सफल प्रताप दासले स्वर दिएका छन् । गीतमा सरोज पोखरेलको संगीत रहेको छ भने शब्द सत्यराज चौलागाईं छ । उक्त लिरिकल भिडियो लाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको यो चलचित्रमा नायिका एलिजा गौतम मुख्य भूमिकामा देखिँदैछिन् । उनको साथमा नवनायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय छ । चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, रूपा राणा, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौलालगायत कलाकारहरूको अभिनय छ । 

एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’ लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो । पत्रकार ऋषि धमलाको प्रस्तुति रहेको ‘अनुराग’ चलचित्रमा भरत गौतम र गीता भेटवालको लगानी रहेको छ ।

उक्त फिल्ममा लाइन प्रोडुसर दीपक गौतम रहेका छन् भने निर्माण नियन्त्रकका रूपमा नवीन पुरी रहेका छन् । चलचित्रमा ताराप्रकाश लिम्बू र सरोज पोखरेलको संगीत, प्रवीन सिंह र विक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, रामकुमार केसीको छायांकन रहेको छ । 


Views: 15