18th October | 2018 | Thursday | 1:09:19 PM

पिज्जा बेच्दै केकी र ऋचा !

  POSTED ON : Thursday, 12 April, 2018 (9:04:48 PM)

पिज्जा बेच्दै केकी र ऋचा !

काठमाठौं । नायिका केकी अधिकारी र ऋचा शर्मा बुधबार पिज्जा बेच्दै खुल्ला सडकमा हिँडेका थिए । अर्डर गरिएको खाजा घरमै पु¥याउने सुविधा दिँदै आएको ‘फुडमान्डु’बाट पिज्जा अर्डर गरेका ग्राहकको घरमै पिज्जा लिएर पुगेका थिए । यी दुईले आउँदो चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रमोसनको नयाँ शैली अपनाएका हुन् ।

चलचित्रकी निर्मात्रीसमेत रहेकी केकी र नायिका ऋचाले नयाँ अनुभव बटुलेको पनि बताइन् । उनीहरू पिज्जा लिएर ग्राहकको घरमै पुग्दा ग्राहक सरप्राइज नै भएका थिए । ‘हामीलाई देखेर ग्राहक त अचम्मै पर्नुभयो, पुरुषहरू एकाहोरो हेरेर अचम्म पर्नुभयो भने महिलाहरू त देख्ने वित्तिकै चिच्याउनुभयो’, केकीले अनुभव सुनाउँदै भनिन् । उनीहरूले खाजाको पैसा पनि लिएनन् । ‘हामीले, खाजा र टिसर्ट उहाँहरूलाई दियौं र चलचित्रको बारेमा बतायौं’, केकीले भनिन् ।

चलचित्र विशाल भण्डारीले निर्देशन गरेका हुन् भने चलचित्रमा केकी र ऋचासँगै नायिका प्रियंका कार्कीको पनि अभिनय छ । चलचित्र आउँदो वैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।  


Views: 4