18th October | 2018 | Thursday | 1:49:17 PM

अनमोलले जनाए आपत्ति

  POSTED ON : Thursday, 12 April, 2018 (9:08:10 PM)

अनमोलले जनाए आपत्ति

काठमाडौं । नायक अनमोल केसीले आफ्नो बारेमा गलत समाचार आएको भन्दै आपत्ति जनाएका छन् । केही अनलाइनमा ‘अनमोल केसीले भने गाउँलेलाई भिखारी’ शीर्षकको समाचार आएको भन्दै उनले यस्तो कहिल्यै पनि नभनेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले आफ्ना  दर्शकका लागि त्यस्ता समाचारमा विश्वास नगर्न आग्रह गरेका छन् । उनले लेखेका छन्,’ केही अनलाइन मिडियाले मैले नभनेको कुरालाई हाइपोथेटिकल हेडलाइन राख्दै लेखेका छन् । जसमा मेरो ध्यानाकर्षण भएको छ । दर्शक नझुक्किनु हुन आग्रह ।’

गाउँलेलाई भिखारी र सहरियालाई चुहिया लेखिएको समाचारको खण्डन गर्दै उनले सबैप्रति आप्mनो सम्मान र सद्भाव रहेको जनाएका छन् । चलचित्र कृ प्रदर्शनपछि उनी हाल नयाँ चलचित्र ‘क्याप्टेन’को तयारीमा छन् ।  


Views: 3