24th April | 2018 | Tuesday | 5:06:10 PM

लम्फू ट्रेलर सार्वजनिक

  POSTED ON : Saturday, 14 April, 2018 (5:21:33 PM)

लम्फू ट्रेलर सार्वजनिक

काठमाडौं । आउँदो वैशाख २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लम्फू’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

 बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा रोदन, एक्सन, प्रेमलाई समेटिएको देख्न सकिन्छ । चलचित्रमा सलोन बस्नेत, नवनायक कबिर खड्का, करिश्मा पोखरेलको मूख्य भूमिका रहेको छ । 

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार भएको ‘लम्फू’ मा तरकारीवाली नामबाट चिनिएकी कुसुम श्रेष्ठले पनि अभिनय गरेकी छिन् । एक युवाको जीवनमा आइपर्ने अकल्पनीय घटनाहरूलाई चलचित्रमा देखाइएको छ । ‘लम्फू’ लाई पपुलर मल्टिमिडियाका लागि शक्तिबल्भ घोरासैनीले निर्माण गरेका हुन् भने भूपतिले लेखेका हुन् । दीपक बज्राचार्यको छायांकन रहेको यस फिल्मका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले फिल्ममा कस्ट्युम डिजाइन गरेकी छन् ।

चलचित्रमा चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमनसिंह पुर्जा लगायतको अभिनय देख्न पाइनेछ । 


सम्बन्धित सामग्री:

रथमा प्रियंका

: Tuesday, 24 April, 2018 (1:42:47 PM)