24th April | 2018 | Tuesday | 4:59:57 PM

कविताको ‘सम्झाउन खोज्छु यो मन’

  POSTED ON : Sunday, 15 April, 2018 (5:29:31 PM)

कविताको ‘सम्झाउन खोज्छु यो मन’

काठमाडौं । गायिका कविता श्रेष्ठ ‘सम्झाउन खोज्छु यो मन’ गीति भिडियो लिएर दर्शक माझ आएकी छिन् । नयाँ वर्षको अवसर पारी वैशाख १ गते हाइलाइट्स नेपालबाट रिलिज गरिएको भिडियो निकै रोमान्टिक बनेको छ । 

सिन्धुलीमा जन्मिएकी कविताले डेढ वर्षको अवधिमा दर्जन बढी गीतमा आवाज दिइसकेकी छिन् । प्रेमभाव झल्कने यो गीतमा ओम सुनारले संगीत दिएका छन् । ओम र कविताको आवाज रहेको गीतको भिडियो कुलेखानी र चित्लाङको रमणीय दृश्यमा छायांकन गरिएको छ । गीतको भिडियोलाई स्वयं गायिका कविताले निर्देशन गरेकी हुन् । जुन भिडियोमा ओम र कविता आफैले मोडलिङ गरेका छन् । भिडियोमा आफै खेल्नुका कारणबारे बोल्दै यी दुईले भने, ‘यो संगीत क्षेत्रको लागि नौलो प्रयोग हो । हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ।’


सम्बन्धित सामग्री:

रथमा प्रियंका

: Tuesday, 24 April, 2018 (1:42:47 PM)