27th March | 2019 | Wednesday | 5:53:55 AM

खोटाङको सानदार जीत

चिसाङ शेर्पा   POSTED ON : बैशाख २, २०७५ (१०:२९ AM)

खोटाङको सानदार जीत

खोटाङ । प्रथम प्रदेश नं. १ स्तरीय कराते प्रतियोगिताको उपाधि खोटाङले जितेको छ । खरबन्दी कराते डोजो गोलधाप अर्जुनधारा झापाले आयोजना गरेको दुई दिवसीय प्रतियोगितामा ९ पदक जित्दै समूह प्रथम भएको हो । समूहले ३ स्वर्ण २ रजत, ४ कास्य जित हासिल गरेको थियो । मुलुक संघीय संचनामा गइसकेपछि गत चैत्र २९, ३० गते पहिलोपटक भएको ऐतिहासिक प्रदेश स्तरीय प्रतियोगितामा पुरुष एकलकातामा मोतिचन्द्र राई, महिला एकलकाता ५५ केजीमा विद्याकला राई र ५५ केजी प्लसमा जस्मिना राई प्रथम भएको छ ।

महिला एकलकाताकै ५० केजी तौलमा रोश्मा राई, पुरुष एकलकातामा ४० केजी तौलमा प्रशान्त राई दोस्रो र ४५ केजी तौलमा पर्शुराज राई र ५० केजी तौलमा बिकल राई, ४५ केजीमा नन्जु राई तेस्रो भएका छन् । एकलकाता महिलामा रोश्मा राई तेस्रो भएका हुन् । 

विजयी टिम समूहले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका राष्ट्रिय निर्णायक मिलन कसजुले जानकारी दिए । खेलकुदको माध्यमबाट जिल्लालाई चिनाउने खेलाडीहरूलाई प्रोत्साहन स्वरूप नगरपालिकाले आवातजावत यातायात खर्चको प्रबन्ध मिलाएको थियो । गत २७ गते खेलाडीलाई बिदाइ गर्दै प्रदेश स्तरीय खेलमा जित हासिल गरेर आएमा आगामी वैशाख २०, २१, २२ गतेसम्म सञ्चालन हुने दोस्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको अन्तिम दिन नगरले उचित पुरस्कारसहित बेग्लै सम्मान गर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।  


Views: 22