24th April | 2018 | Tuesday | 4:22:16 AM

असार अन्तिम साता वीरांगना

  POSTED ON : Monday, 16 April, 2018 (8:22:21 PM)

असार अन्तिम साता वीरांगना

काठमाडौं । चलचित्र ‘वीरांगना’ आउँदो असार २९ गतेबाट देशव्यापी प्रर्दशनमा आउने भएको छ । नायिका शिल्पा पोखरेल र नायक अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको यो चलचित्र राजबहादुर सानेले निर्देशन गरेका हुन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रको प्रदर्शन मिति तय गरेका हुन् ।

चलचित्रको छायांकनको क्रममा सहयोगी व्यक्तिहरू शसस्त्र प्रहरीका नवनियुक्त आइजिपी शैलेन्द्र खनाल, सुरेश पन्थ, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन गर्दै प्रदर्शन मिति तय गरेको निर्देशक सानेले बताएका छन् । चलचित्रको वितरणको जिम्मा काठमाडौंमा बिके फिल्मस्का गोपाल कायस्थ र काठमाडौंबाहिर एफडी कम्पनीले लिएका छन् । नारी प्रदान चलचित्रलाई एक्शन जनरामा निर्माण गरिएको हो । बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सहनिर्माता रहेको वीरांगना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा श्री श्रेष्ठको एक्सन समावेश छ ।

चलचित्रमा शिल्पा र अनुपविक्रमका साथमा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्ज्वल गिरी, प्रिया रिजाल, धु्रव कोइराला, सुशील पोखरेल अंशु थापा, अमृत सापकोटालगायतका कलाकारहरूको अभिनय रहेको छ ।