19th October | 2018 | Friday | 10:18:57 AM

हैरान टिजर आयो (भिडियो)

  POSTED ON : Friday, 20 April, 2018 (1:43:39 PM)

हैरान टिजर आयो (भिडियो)

काठमाडौं । कमेडी शैलीमा निर्माण भएको चलचित्र ‘हैरान’ को ट्रिजर सार्वजनिक गरिएको छ । टिजर पुर्णरूपमा कमेडी केन्द्रित छ । आउँदो जेठ ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको दुई मिनेट लामो टिजरमा गजित विष्ट, बुद्धि तामाङ, सत्यराज आचार्य, सरोज खनाल, सागर लम्साल, निश्मा घिमिरे, आरोही शर्मालगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 

चलचित्रमा फरकफरक पात्रको जीवनशैलीलाई देखाइएको छ । कमेडी, एक्सन, बिछोड, पीडाको मिश्रणका रूपमा यो चलचित्र तयार भएको निर्माण पक्षले बताएको छ । विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको यो चलचित्रमा प्रितम पाण्डेको सम्पादन, नवराज उप्रेतीको छायांकन, लेखन तथा कोरियोग्राफी गम्भीर विष्टको छ । चलचित्रमा मुक्ति घले, सृष्टी घिमिरे, डाक्टर वाइएल लामाको लगानी छ । चलचित्रको कार्यकारी निर्माता सम्झना पोखरेल हुन् । चलचित्रको यसभन्दा अघि शीर्ष गीत सार्वजनिक भइसकेको छ । चलचित्रका सबैजसो कलाकारलाई फिचर गरिएको उक्त गीतमा दर्शकको राम्रो प्रतिक्रिया आएको देख्न सकिन्छ ।


Views: 4