17th October | 2018 | Wednesday | 5:14:37 PM

दरबारमार्गमा करिश्मा कपुर

हिमालय टाइम्स   POSTED ON : Tuesday, 08 May, 2018 (2:15:43 PM)

दरबारमार्गमा करिश्मा कपुर

काठमाडौं । बलिउड नायिका करिश्मा कपुरले काठमाडांैको दरबारमार्गमा सञ्चालनमा आएको ‘मेरिगोल्ड ज्वेलर्स’को शाखा उद्घाटन गरेकी छन् । सोमबार बिहान ९ बजे काठमाडौं आएकी करिश्माले दिउँसो १२ बजे एक कार्यक्रमका बीच ‘मेरिगोल्ड ज्वेलर्स’ उद्घाटन गरेकी हुन् । करिश्माले रिबन काट्दै शाखाको अवलोकन गरेकी थिइन् । कार्यक्रममा बोल्दै करिश्माले नेपाल निकै मन पर्ने बताइन् । आफू १५ वर्षपछि पुनः नेपाल आउन पाएको भन्दै फेरि पनि निमन्त्रणा गर्न आग्रह गरिन् । ‘नेपाल सगरमाथाको देश हो । मलाई निकै मनपर्छ’, उनले भनिन् । मेरिगोल्ड ज्वेलर्सकी सञ्चालिका ज्योत्सना श्रेष्ठले आफूहरू ग्राहकको मायाले यो स्थानमा पुगेको भन्दै सधंै ग्राहकको सन्तुष्टिका लागि काम गर्न बताइन् । सोमबार साँझ नै स्वदेश फर्किएकी करिश्मालाई आयोजक टिमले २५ लाख नेपाली रुपैयाँमा नेपाल ल्याएको बुझिएको छ । ‘राजा हिन्दुस्तानी’, ‘दिल तो पागल है’, ‘बिबी नं १’ लगायत चर्चित चलचित्रमा अभिनय गरेकी करिश्मा पछिल्ला वर्षहरूमा अभिनयमा निस्क्रिय छिन् । उनी बलिउड अभिनेत्री करिना कपुरकी दिदी हुन् ।

Views: 5