23rd May | 2018 | Wednesday | 4:16:20 AM

सोनमले गरिन् विवाह

  POSTED ON : Wednesday, 09 May, 2018 (12:01:52 PM)

सोनमले गरिन् विवाह

मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री सोनम कपुरले चारवर्ष सम्मको प्रेमलाई विवाहमा बदलेकी छिन् । प्रेमी आनन्द आहुदासँग मंगलबार कपुर निवासमा विवाह गरेकी हुन् । सोनम कपुर प्रख्यात अभिनेता अनिल कपुरकी छोरी पनि हुन् । करिब ३० वर्षपछि कपुर परिवारमा विवाह भएको हो । उनको विवाहमा बलिउडका थुप्रै सेलिब्रेटीको उपस्थिति थियो । 

विवाहअघि भएको सोनमको ‘संगीत सेरेमनी’ मा कपुर परिवारलगायत सहभागी भएका अन्य सेलिब्रेटीले निकै रमाइलो गरेका थिए । सोनमका पिता अनिल कपुरले छोरीको संगीत सेरेमनीमा आफ्नी श्रीमतीसँग कम्मर मर्काएका थिए भने सोनम पनि म के कम भन्दै पनि हुनेवाला श्रीमानसँग मस्त डान्स गरिरहेकी देखिएकी थिइन् ।

सेलिब्रेशनमा सोनम र आनन्दले रोमान्टिक डान्स गरेको देखिएको थियो । सोनमले ‘इश्क तेरा तङ्पावे’ गीतमा एक्लै दमदार डान्स गरिन् । त्यसपछि सोनमले आनन्दलाई अंगाल्दै ‘दिल बडा बेइमान होता नहीं आसान’ गीतमा डान्स गरिन् । विवाहमा रेखा, करण जौहर, शिल्पा शेट्टी, फराह खान, करिश्मा कपुर, बोनी कपुर, जाहृनवी कपुर, अर्जुन कपूर र वरुण धवनजस्ता ठूला कलाकारको सहभागी रहेको थियो ।

विवाहमा सोनमले रातो र गोल्डेन बोर्डरको लेहंगा लगाएकी थिइन् भने बेहुला आनन्द डार्क रंगको शेरवानीमा देखिएका थिए ।