18th August | 2018 | Saturday | 12:40:48 PM

अशोक दर्जीको पहिलो गीत सार्वजनिक, युट्युब ट्रेन्डिङमा १ नम्बरमा (भिडियो सहित)

  POSTED ON : Thursday, 10 May, 2018 (4:10:41 PM)

अशोक दर्जीको पहिलो गीत सार्वजनिक, युट्युब ट्रेन्डिङमा १ नम्बरमा (भिडियो सहित)

काठमाडौं । केही महिना अघिदेखि नेपाली सामाजिक सञ्जाल तथा भिडियो शेयरिङ साइट युट्युवमा निकै भाइरल बनेका झापाका १२ वर्षीय अशोक दर्जिको पहिलो गीत सार्वजनिक गरिएको छ । टंक बुढाथोकीले गीतमा दर्जिलाई साथ दिएका छन् । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको उक्त गीत विराज नेपालले लेखेका हुन् भने संगीत बुढाथोकीकै रहेको छ । 

बुधबार एक कार्यक्रमबीच युट्युवमा सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा बुढाथोकी र दर्जी दुवै देखिएका छन् । गीतको भिडियो छायांकन झापामै गरिएको टंकले जानकारी दिए । उनले दर्शक तथा श्रोताको अत्यधिक माग भएकाले गीत छिटै सार्वजनिक गरिएको बताए । ‘हामीले अशोक भाइलाई दर्शक तथा श्रोताहरूले निकै नै माया गर्नुभएको कारणले नै तत्काल गीत रेकर्ड गराउने प्रयास गरेका थियौं, भाइको कलालाई धेरैले मन पराउनुभएको छ’, बुढाथोकीले भने । 

गीत रेकर्ड गराएपछि घर गएर बुधबार काठमाडौं आएका दर्जी निकै खुशी देखिन्थे । झापाकै डिजे रूपक र संगीतकार बुढाथोकीले काठमाडौं ल्याएर दर्जीलाई गीत रेकर्ड गराएका थिए । अहिले झापाकै एक बिद्यालयमा उनलाई माध्यामिक तहसम्मको पढाइ निःशुल्क गरिने भएको छ । साथै दर्जीका लागि घर बनाउने अभियानमा पनि बुढाथोकीको टिम जुटेको छ ।