18th October | 2018 | Thursday | 5:56:20 AM

बल्छि धुर्वेले गरे बिहे

  POSTED ON : Sunday, 13 May, 2018 (6:29:37 PM)

बल्छि धुर्वेले गरे बिहे

काठमाडौं । रिल जीवनमा बल्छि–धुर्वेको नामबाट चिनिएका चर्चित कलाकार मरिचमान श्रेष्ठले विवाह गरेका छन् । ६ वर्षे लामो प्रेमपछि उनले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम विवाह गरेका हुन् । उनले गत शुक्रबार काठमाडांैको म्हेपी मन्दिरमा परम्परा अनुसार विवाह गरेका हुन् । मन्दिरबाट विवाह गरेसँगै बल्छिले आफ्नो निवास गोरखा लगेर करुणालाई भित्राए । विवाह समारोहमा दुई परिवारका सदस्यवाहेक कलाकारहरू खासै देखिँदैनथे ।

बल्छिले आजभन्दा ६ वर्षअघि सीताराम कट्टेलसँग लमजुङको एक कार्यक्रममा जाँदा करुणासँग चिनजान भएको बताए । ‘कार्यक्रमको सिलसिलामा धुर्मुस दाइसँग लमजुङ जाँदा करुणसँग परिचय भयो, पछि कुराकानी हुँदै जाँदा मायाप्रेममा परियो’, बल्छिले भने । करुणाले मनमिल्ने मान्छे पाएकोमा निकै खुशी भएको बताउँछिन् । हास्य टेलिसिरियल ‘मेरीबास्सै’ मा माछामार्ने भूमिकाबाट लोकप्रिय मरिचमानको अभिनय धेरै दर्शकले रुचाउने गरेका छन् ।


Views: 6