18th October | 2018 | Thursday | 5:58:04 AM

क्रिकेट मैदानका लागि डिभा बुटिकको सहयोग

  POSTED ON : Monday, 14 May, 2018 (1:48:43 PM)

क्रिकेट मैदानका लागि डिभा बुटिकको सहयोग

काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले नेपालमा पनि अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्नुपर्छ भन्ने आवाज उठाएसँगै सहयोग जुट्न थालेको छ । केही समयअघि मात्रै धुर्मुसको अर्को ठूलो परियोजना नमुना नेपाल र क्रिकेट मैदानमा कुन पहिला भन्ने प्रश्नमा अधिकांशले क्रिकेट मैदान अगाडि रोजेका कारण धुर्मुस लागि परिरहेका छन् । 

यसैबीच ललितपुरको मानभवनमा सञ्चालनमा आएको डिभा बुटिक (जेडी कलेक्सन्) को तर्फबाट क्रिकेट मैदान निर्माणका लागी १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरियो । आइतबार उक्त बुटिक उद्घाटन समारोहमा धुर्मुस सुन्तली फाउन्डेसनका लागि धुर्मुस र कुञ्जना घिमिरे (सुन्तली) दुवैलाई चेक हस्तान्तरण गरियो । बुटिक सुन्तली र पूर्वमिस नेपाल माल्भिका सुब्बाले ललितपुरको संयुक्त उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै सीताराम कट्टेलले अन्तर्राष्ट्रिय गुणस्तरका डिजाइन र पहिरन एकै थलोमा उपयुक्त मूल्यमा पाउँदा फेशन पारखीका लागि डिभा फेशन हबको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । डेढ वर्षभित्र अन्तर्राष्ट्रिय खेल मैदान निर्माण सम्पन्न गर्ने बताउँदै यस्तै सहयोगले आफूहरूलाई काम गर्न प्रेरणा मिलेको बताए । कुञ्जना घिमिरेले आफूले खोजेजस्तो फरक प्रकारका उत्कृष्ट डिजाइन डिभा बुटिकमा पाएकाले अब डिभाकै फेशनबाट आफू अझ आकर्षक बन्ने विश्वास व्यक्त गरिन् । 

व्यवसायसँगै सामाजिक कार्यमा पनि सहयोग पु¥याउन थालेको डिभाले आउँदा दिनमा पनि यस्तो सामाजिक कार्य गर्दै जाने विश्वास उनले व्यक्त गरिन् । 

विगत एक दशक देखि फेशन डिजाइनमा सक्रिय जेनी श्रेष्ठ र पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले डिभा बुटिक सुरु गरेका हुन् । जेनीको यो दोस्रो बुटिक हो । डिभाबाट एकै थलोमा जेनीले बुटिकका युनिक पिस तथा अन्तर्राष्ट्रिय कलेक्सन फेशन र सदीक्षाले कस्मेटिक सामग्री ग्राहकलाई उपलब्ध गराएका छन् । को व्यवसाय सुरु गरेका हुन् । युवती तथा महिलाहरूले डिभा छिरेपछि फेशन देखि सबै प्रकारको सौन्दर्य सामग्रीको चयन र खरिद आफ्नो बुटिकबाट गर्न सक्ने बताइन् । 


Views: 4