18th October | 2018 | Thursday | 7:12:48 AM

हिमेशको सोनियासँग दोस्रो बिहे

एजेन्सी   POSTED ON : Monday, 14 May, 2018 (1:49:35 PM)

हिमेशको सोनियासँग दोस्रो बिहे

मुम्बई (एजेन्सी) । बलिडका चर्चित गायक तथा नायक हिमेश रेशमियाले नायिका सोनिया कपुरसँग विवाह गरेका छन् । मुम्बईस्थित आफ्नै निवासमा हिमेश र सोनियाले लगनगाँठो कसेका हुन् । हिमेशको यो दोस्रो विवाह हो । समारोहमा हिमेशको पहिलो श्रीमती तर्फका छोरा स्वयं सहभागी भएका थिए । नायिका सोनियाको तर्फबाट उनको आमा बुबामात्र उपस्थित भएका थिए ।

सोनियाले टेलिभिजनमा ‘कैसा ऐ प्यार है’, ‘रिमिक्स’, ‘यस बोस’ जस्ता सिरियलमा काम गरेकी छन् । त्यस्तै हिमेशले बलिउडका लागि गीत कम्पोज गर्दै आएका छन् । 


Views: 4