18th August | 2018 | Saturday | 12:40:36 PM

वास्तविक कथामा ‘चंगा’

हिमालय टाइम्स   POSTED ON : Tuesday, 15 May, 2018 (2:06:49 PM)

वास्तविक कथामा ‘चंगा’

काठमाडौं । यही जेठ २५ गतेबाट प्रर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चंगा’को ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि ‘कम्पनी माला’ बोलको गीत सार्वजनिक गरिसकेको निर्माण टिमले सोमबार एक कार्यक्रमबीच ट्रेलर सार्वजकिन गरेको हो । हास्यकलाकार किशोर भण्डारी (डिठ्ठा साब) ले निर्देशन गरेको ‘चंगा’ हास्यशैलीमा निर्माण गरिएको छ । ट्रेलरमा कमेडीसँगै रोधनका केही दृश्य पनि देख्न सकिन्छ । 

पैसाको अभावका कारण पात्रहरुको चौपट दैनिकीलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । कलाकार अंकित खड्का र लक्ष्मी बर्देवाको प्रेममा परिवार बाधक देखिएको छ भने एक सहकारीको अध्यक्षमा निर्वाचित भएका बुद्धि तामाङ पैसाको चक्करमा देखिन्छन् । चलचित्रमा बुद्धि तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, राजन खतिवडा, जीवन भट्टराईलगायतका कलाकारहरुको अभिनय छ । हास्य जनराको फिल्मले पारिवारिक तथा सामाजिक कथा बोल्छ । चलचित्रको कथा निर्देशक आफैंले लेखेका हुन् ।  

कार्यक्रममा बोल्दै निर्देशक भण्डारीले चलचित्र टेलिफिल्म नभएर ठूलो पर्दाको फिल्म नै भएको बताए । टेलिफिल्म निर्माण गर्दै आएको भएपनि वर्षौसम्मको अनुभव चलचित्रमा लगाएको उनले बताए । साथै उनले चलचित्र वास्तविक कथामा निर्माण भएको खुलाए । साथै, उनले सार्वजनिक ट्रेलरमा अपहरणको दृश्यजस्तो देखिए पनि चलचित्रमा अपहरणको कथा नभएको खुलाए । उनले एक बालक विद्यालयको शौचालयमा थुनिएको भन्दै चलचित्रको थोरै कथा बताएका थिए । ‘धेरै चलचित्रमा अपहरणको कथा देखाइन्छ, यसैले ट्रेलर हेरिसकेपछि धेरैले अपहरणकै कथा रहेछ भन्नुहुन्छ भनेर वास्तविक कुरा खुलाएको हँु, चलचित्रमा अपहरणको कथा छैन’, निर्देशक भण्डारीले भने ।

कार्यकारी निर्माता प्रकु पाण्डे रहेको चलचित्रकी निर्माता रेश्मा तिमल्सिना हुन् । रविन आचार्यले खिचेको फिल्ममा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ ।