19th October | 2018 | Friday | 10:33:57 AM

‘बेबी आई लभ यु’लाई पिजी

हिमालय टाइम्स   POSTED ON : Tuesday, 15 May, 2018 (2:08:15 PM)

‘बेबी आई लभ यु’लाई पिजी

काठमाडौं । यही जेठ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेबी आई लभ यु’ ले सेन्सर बोर्डबाट ‘पिजी’ प्रमाण पत्र प्राप्त गरेको छ । अब १६ वर्ष भन्दा कम उमेरका दर्शकले यो चलचित्रलाई अभिभावकको साथमा हेर्नुपर्नेछ । जनक पाण्डे निर्देशित यो चलचित्रमा केही लागुऔषधका दृश्यका भएकाले पिजी प्रमाणपत्र दिइएको बताइएको छ । चलचित्र शिव न्यौपानेले निर्माण गरेका हुन् । 

‘बेबी आई लभ यु’ मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका छ भने उनीहरूसँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थीलगायतको अभिनय छ ।  सुरज आचार्यको सिनेम्याटोग्राफी रहेको फिल्मको कथा अभिनेता खड्का आफैंले लेखेका हुन् । लिची इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्मित उक्त फिल्ममा सिर्जना परियार र दुर्गा पाण्डे सहनिर्मातामा रहेका छन् ।


Views: 5