19th October | 2018 | Friday | 9:54:29 AM

मिथुन अस्पताल भर्ना

हिमालय टाइम्स   POSTED ON : Wednesday, 16 May, 2018 (2:10:59 PM)

मिथुन अस्पताल भर्ना

मुम्बई । बलिउड अभिनेता मिथुन चक्रवति अस्वस्थ छन् । उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ । लामो समयदेखि अस्वस्थ मिथुन यसअघि घरमै आराम गरिरहेका थिए । स्वास्थ्यमा समस्या बढेपछि उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको हो । ९ वर्ष पहिले इमरान खानको चलचित्र ‘लक’ को कार्यक्रमका क्रममा उनको ढाडमा चोट लागेको थियो । जम्प गर्न खोज्दा टाइमिङ मिस हुँदा उनी लडेका थिए । त्यो बेलादेखि उनी ब्याकपेनको समस्याबाट पीडित हुँदै आएका छन् । मिथुन पछिल्लो वर्ष ब्याकपेनको उपचारका लागि युएस गएका थिए । उपचारपछि फर्किएर ‘द ताकंद फाइल्स’ मा काम गर्ने तयारी गरेका थिए । विरामीका कारण उक्त फिल्मको छायांकन रोकिएको छ । 

Views: 5