22nd July | 2018 | Sunday | 11:52:50 PM

बाहिरियो सलमानको रेस ३ ट्रेलर (ट्रेलरसहित)

  POSTED ON : Wednesday, 16 May, 2018 (2:12:10 PM)

बाहिरियो सलमानको रेस ३ ट्रेलर (ट्रेलरसहित)

मुम्बई । बलिउडका सुपरस्टार सलमान खानको नयाँ चलचित्र ‘रेस ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदो १५ जुनमा विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचत्रिप्रति दर्शक निकै उत्साहित देखिन्छन् । ट्रेलरमा आएका प्रतिक्रियाले पनि दर्शकको उत्साहालाई प्रष्ट पार्छ ।  

रेमो डिसुजाले निर्देशन गरेको यो चलचित्रमा सलमानसँगै ज्याकलिन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलाई एक्शन अवतारमा देख्न सकिन्छ । चलचित्रमा रमेश तौरानीको लगानी छ । यो चलचित्रमा सलमानको केही दृश्यमा नकारात्मक भूमिका निर्वाह गरेका छन् । भारतीय सञ्चारमाध्यममा आएका खबरअनुसार यो चलचित्रले प्रदर्शनअगावै एक सय ९० करोडको कमाई गरिसकेको छ । ‘रेस ३’ का प्रोड्युसर रमेश तौरानीले यस फिल्मको थ्रिएट्रिकल राइट्स इरोज इन्टरनेशनललाई एक सय ९० करोडमा बेचेका हुन् ।